बङ्गलादेशी राजदूतावासद्वारा कला कार्यशाला आयोजना
काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालस्थित बङ्गलादेशको राजदूतावासले कला कार्यशाला आयोजना गरेको छ ।
दूतावासमा आज आयोजित कार्यशालाको उद्घाटनमा बङ्गलादेशी राजदूत सलाहुद्दिन नोमन चौधरीले आफ्नो देशको इतिहास बारेमा अवगत गराउँदै यो दिवसको उद्येश्य सबै भाषाहरूको संरक्षणलाई महत्व दिनु हो भने । ‘भाषा र संस्कृतिको माया’ मुख्य उद्देश्यसहितको कार्यशालामा उनले यो विषय राष्ट्रियतासँग जोडिएको उल्लेख गरे ।
यो दिवस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) द्वारा सन् १९९९ मा बङ्गालीहरूले बङ्गलालाई आफ्नो राज्य भाषाका रूपमा स्थापित गर्न गरेको बलिदानको मान्यतामा चयन गरिएको थियो । विश्वका धेरै भाषाहरू अहिले लोप हुने खतरामा रहेको उल्लेख गर्दै राजदूत चौधरीले संरक्षणका लागि सबै सजग हुनुपर्नेमा जोड दिए ।
राससका अनुसारकार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, पूर्वप्राज्ञ सुष्मा राजभण्डारी लगायतले देशका लागि भाषिक र सांस्कृतिक कार्यक्रमको महत्व हुने उल्लेख गर्दै नेपाल–बङ्गलादेशबीचको सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गरेका थिए । दूतावासको मुख्य आयोजना र आर्टबुमको सहकार्यमा सञ्चालित एकदिने कार्यशालामा करिब ४० कलाकारले विभिन्न चित्र बनाएका थिए । सो अवसरमा नेपाल–बङ्गलादेशबीचको सम्बन्ध जोड्ने वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
- वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया