Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसांसद डा. भण्डारीको स्वास्थ्यमा सुधार

सांसद डा. भण्डारीको स्वास्थ्यमा सुधार


काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

मुम्बईको नेशनल वर्न सेन्टरमा उपचार गराइरहेका नेता डा. भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको बताइएको छ । आज शनिबार डा. भण्डारीको ड्रेसिङ गरिने भएको छ ।

शुक्रबारदेखि ठोस खाना खान सुरु गरेका डा. भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गरेको उनका आफन्त मीनप्रसाद भण्डारीले बताए । उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।


क्याटेगोरी : समाचार, संसद समाचार

तपाईको प्रतिक्रिया