Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजहाजको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण

जहाजको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण


काठमाडौं । श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाले बताए । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको उनको भनाइ छ ।

चालक दलका सदस्यले काठमाडौँबाट उड्नासाथ इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएपछि धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया