सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीहरूलाई सम्मान
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीहरूलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले बिहीबार संयुक्तरूपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्ने फुङ्जु लामा, नायिका निशा अधिकारी, नेतृ विना मगर, पत्रकारद्वय पूर्णिमा श्रेष्ठ र कल्पना महर्जन छन् । यस्तै कान्छी डोल्मा ह्याल्मो, निशा भोटे, पासाङ ल्हामु शेर्पा, डाबुटी शेर्पा, भुमिरा गुरुङ, याङ्दी शेर्पा, लाक्पा थाङ्जी शेर्पा, लुक्मी स्याङदेन, पासाङ फुटी शेर्पा र कान्छीमाया तामाङ, कल्पना महर्जन, युआन्टिका तामाङ, पासाङ ल्हामु शेर्पा, दावा याङजुन शेर्पा, माया गुरुङ, छुनु श्रेष्ठ, छोकी शेर्पा र फुरा दिकी शेर्पा सम्मानित भएका छन् । यसैगरी दिक्की शेर्पा, माया शेर्पा, शाली बस्नेत, नीमा जाङ्मु शेर्पा, छिरिङ न्यामगेल शेर्पा, दावा फुटी शेर्पा, दिकी लामा शेपा, पासाङ कान्छी शेर्पा, शर्मिला लामा, कुमारी ज्ञानमाला रानपल, नानुमाया गुरुङ र प्रिती भुसाल पनि सम्मानित भएका छन् ।
उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कदरपत्रद्वारा सम्मान गरेकी हुन् । कार्यक्रममा राज्यमन्त्री ठकुरीले समाजमा महिलाले कुनै पनि क्षेत्रमा साहसिक योगदान गर्न सक्छन् भन्ने दरिलो उदाहरण पेस गरेको उल्लेख गरिन् । यस्तै उनले समाजको संस्कारसँग लड्न सगरमाथा आरोहणभन्दा पनि कठिन रहेको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने सन्देश दिएको विश्वास व्यक्त गरिन् । पितृसतात्मक सोचबाट महिलाहरू बिस्तारै माथि उठ्दै गए पनि समाजमा अझै पनि महिला अधिकार र पहिचानमा पछि परिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा राज्यमन्त्री ठकुरीले मुलुकको आर्थिक समृद्धिको आधारका रूपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि नीतिगत सुधार जरुरी रहेको बताइन् । उनले नेपालको पर्वतारोहणमा महिला आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै कीर्तिमानी महिला आरोहीलाई प्रोत्साहन गर्न मन्त्रालयले छुट्टै युनिट बनाएर पहलकदमी लिने विश्वास व्यक्त गरिन् । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका प्रमुख सल्लाहकार आङ्छिरिङ शेर्पाले पर्वतारोहण संवेदनशील विषय भएकाले सम्पूर्ण आरोहीको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोषको व्यवस्था हुनुपर्ने बताए । उनले महिला आरोही तथा साहसिक आरोहणको क्षेत्रको आकर्षण र प्रोत्साहनका लागि राज्यले नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले मुलुकको पर्वतीय पर्यटन विकासमा महिला आरोहीको उल्लेख्य भूमिका रहेको भन्दै उनीहरूको सम्मान र प्रोत्साहनमा राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले नीतिगत व्यवस्था गरेर आरोहणका लागि नखुलेका पिकहरू क्रमशः खुलाएर जानुपर्ने बताए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान गर्ने महिला आरोहीको प्रोत्साहन र उनीहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए । सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले सरकारले पर्वतारोहणमा खटाउने सम्पर्क अधिकृतको कोटामा करिब ५० प्रतिशत आरोही सङ्घको प्रतिनिधित्व गराइदिन राज्यमन्त्रीमार्फत माग गरिन् । अहिले सम्पर्क अधिकृतका रूपमा सङ्घबाट पाँचजनाको मात्रै प्रतिनिधित्व हुने गरेको उनको भनाइ छ । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य नवाङ निमा शेर्पाले महिला आरोहीको प्रोत्साहनका लागि नीतिगत व्यवस्था गरिनुपर्ने बताए ।
क्याटेगोरी : पर्यटन उधोग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल
- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
- चियाको पहिलो टिपाइ सुरु
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
तपाईको प्रतिक्रिया