काठमाडौं,काठमाडौं उपत्यकामा मूल्यवृद्धि उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको प्रतिवेदनअनुसार पनि हिमाल, पहाड र तराईको तुलनामा काठमाडौं उपत्यकामा मूल्यवृद्धि उच्च देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा काठमाडौं उपत्यकामा आठ दशमलव ४७ प्रतिशत मूल्यवृद्धि अर्थात् मुद्रास्फीति देखिएको छ । राष्ट्र बैंकको भाषामा भन्नुपर्दा मुद्रास्फीति भनेको वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु अर्थात् थोरै सामान किन्नको लागि पनि धेरै पैसा तिर्नुपर्ने अवस्था अवस्था हो । सो अनुसार तराईमा सात दशमलव ८२ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा सात दशमलव ९२ प्रतिशत मुद्रास्फीति रहेको छ । यसो भन्नुको अर्थ हिमाल र तराईको तुलनामा पहाडमा वस्तु तथा सेवाको मूल्य केही सस्तो देखिनु हो ।
प्रतिवेदनअनुसार २०७८ माघ महिनामा यी क्षेत्रहरुमा क्रमशः पाँच दशमलव ४७ प्रतिशत, छ दशमलव ५० प्रतिशत, छ दशमलव ७१ प्रतिशत र पाँच दशमलव ९७ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७९ माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव ६७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १० दशमलव ३४ प्रतिशत रहेको थियो । चालू आवको सात महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः तीन दशमलव ४९ प्रतिशत, १४ दशमलव दुई प्रतिशत र पाँच दशमलव ४४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२ दशमलव सात प्रतिशत रहेको छ । २०७९ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव २४ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव १९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव २२ प्रतिशत रहेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५ दशमलव २४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव ३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको आठ दशमलव ७८ प्रतिशत र मरमसलाको आठ दशमलव चार प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप समूहको मूल्य सूचकांक १५ दशमलव ५८ प्रतिशत, स्वास्थ्यको १० दशमलव ३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको नौ दशमलव ७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको नौ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ८१ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार २०७९ माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव ६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १० दशमलव ३४ प्रतिशत रहेको थियो । चालू आवको माघ महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः तीन दशमलव ४९ प्रतिशत, १४ दशमलव शून्य दुई प्रतिशत र पाँच दशमलव ४४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२ दशमलव सात प्रतिशत रहेको छ । २०७९ माघ महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकांक भने १० दशमलव २७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक पाँच दशमलव ७२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १२ दशमलव ३९ प्रतिशत र नौ दशमलव ६४ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया