विप्लवको पार्टीको दाबी : ‘श्री लालीगुराँस सहकारीमा स्रोत नखुलेको कालोधन’
काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीमाथि स्रोत नखुलेको कालोधनको कारोबार गर्दै आएको गम्भीर आरोप लागेको छ । नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युष्टि पार्टीले एक पर्चा छरेर पुल्चोकमा रहेको श्री लालीगुराँसका अध्यक्ष अमरदास श्रेष्ठ र त्यसको हर्ताकर्ता सुरेन्द्र भण्डारीमाथि स्रोत नखुलेको कालोधनको कारोबार गरेको आरोप लगाएका हुन् । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि अध्यक्ष प्रचण्डको कार्यशैलीसँग मतभेद जनाउँदै पार्टी विभाजन गरेर माओवादी पुनर्गठन गरेका नेता विप्लवलाई जनयुद्धकालीन अवस्थामा माओवादीभित्र आशा लाग्दा नेताका रुपमा मानिएको थियो ।
विप्लवको नेकपाको ललितपुर जिल्ला समितिले उनीहरुमाथि कालोधनको कारोबार गरेको लगायतका १४ बुँदे आरोप लगाएको हो । भण्डारीको गतिविधिमा सुरुदेखि नै शंका गरिएको थियो । भण्डारीले कुख्यात मिटरब्याजी महेश सिंहदेखि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, शक्ति बस्नेत, वर्षमान पुन, ओनसरी घर्तीलगायतका नेताहरुसँगको शंकास्पद कारोबार गर्दै आएर आफूचाहिँ कांग्रेसको सदस्यता लिएर प्रहरी प्रशासनलाई प्रभावमा पारेर सर्वसाधारण बचतकर्ताहरुको उठीबास लगाएको आरोप लाग्ने गरेको छ । उक्त आरोपलाई भने भण्डारीले आफ्नो चरित्रहत्या गर्न गरिएको षड्यन्त्र भएको बताउँदै आएका छन् ।
सहकारी र भण्डारीविरुद्ध प्रकाशित पर्चामा १४ बुँदामा आरोप लगाइएको छ । संस्थाका अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भण्डारीले आपसी मिलेमतोमा संस्थाको करिब ४० करोड रकम व्यक्तिगत नाफा कमाउने निकृष्ट उद्देश्यसहित घरजग्गामा लगानी गरी संस्था डुबाउने काम गरेको उक्त पार्टीको आरोप छ । त्यस्तै संस्थाकै ४० करोडभन्दा बढी लगानी रहेको भैरवकुण्ड हाइड्रोपावरमा समेत लगानी फसेको पर्चामा उल्लेख गरिएको छ । भण्डारी आफैँ सञ्चालक रहेको उक्त हाइड्रोपावरले विभिन्न बैंकसँग ऋण समेत लिएर ऋण नतिरेको आरोप समेत सो पार्टीले लगाएको छ ।
सहकारीले प्रचलित नीति, नियम र नियमावलीविपरीत सञ्चालक समितिमा निश्चित व्यक्ति र व्यक्तिगत स्वार्थ हावी गराई मनपरी ढंगले संस्था सञ्चालन गर्दा संस्थागत बेथिति, वित्तीय कुशासन अपचलनजस्ता खराब परिणाम देखिएको उनीहरुको आरोप छ । आरोपपत्रमा भण्डारीले विभिन्न झूटो कागजात तयार पारी अदालतलाई समेत गुमराहमा राखेर नेवारी सभ्यतासँग जोडिएको ऐतिहासिक ‘समे फल्चा’ निर्माणमा अवरोध सिर्जना गरी नेवा समुदायको भावनामा खेलबाड गरेको समेत गम्भीर आरोप लगाएको छ ।
विप्लवको नेकपाले उक्त सहकारीले गायक रामकृष्ण ढकाल, केशव पुरीलगायतको घर समेत गैरकानुनी रुपमा हडपेको आरोप लगाएको छ । आफैँले संकटग्रस्त बनाएको सहकारीबाट भण्डारीले मासिक चारदेखि पाँच लाख रुपैयाँसम्म तलब लिएर व्यक्तिगत लुट मच्चाएको आरोप लगाइएको छ । त्यस्तै भण्डारीले राजनीति र प्रशासनिक क्षेत्रका दलाल एवम् माफियाहरुले लुटेको कालोधनलाई सेतो बनाउन सहकारी संस्थाको दुरुपयोग गरेको आरोप पनि लगाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
- सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता
- टोखामा ‘मिनी हाइपर मार्ट’ सञ्चालन
- श्रीलंकामा तीन वर्षपछि ब्याजदर कटौती गर्ने घोषणा
- बेरोजगारीको सामना गर्दै चिनियाँ युवा
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया