Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथुलुङदुधकोशीका सबै वडामा क्वारेन्टाइन स्थापना

थुलुङदुधकोशीका सबै वडामा क्वारेन्टाइन स्थापना


काठमाण्डौं,चैत १२
सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले कोरना भाइरसको संक्रमणबाट बच्न विभिन्न उपाय अवलम्बन गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यापालिका बैंठकले सम्पूर्ण वडामा क्वारेन्टाइन स्थापनादेखि आवश्यकताअनुसार आफैँले उत्पादन गरेको मास्कसमेत वितरण गर्ने निर्णय गरेको हो ।विपद् व्यवस्थापनका लागि गाउँपालिकाले निर्माण गरेको २५ लाखको कोषमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले एक महिनाको सम्पूर्ण भत्ता जम्मा गर्नेसहित महत्वपूर्ण निर्णय गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । जिल्लाको एक मात्र नाका पत्तालेमा कुनै पनि स्वास्थ्य सुरक्षा नपनाएको अवस्थामा कोरना संक्रमणको जोखिम बढेको ठहर गर्दै कार्यपालिका बैठकले तयारीलाई व्यवस्थित बनाउने निर्णय गरेको बताइएको छ । हेल्थ डेक्स स्थापना गरी सम्पूर्ण हाटबजारसमेत बन्द गरेको गाउँपालिकाले गाउँपालिका अध्यक्ष असिम राईको संयोजकत्वमा कोरना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समिति बनाएको छ भने प्रत्येक वडामा क्वारेनटाइन स्थापना गर्नेभएको छ । जसको लागि वडा अध्यक्षको संयोजकत्वमा वडा समन्वय समिति गठन गरिएको छ ।

क्वारेनटाइनको रूपमा तत्काललाई विद्यालय प्रयोग गरिने भएको छ । वडा नम्बर १ को जीवन ज्योति मावि नेले, वडा नम्बर २ को जीवन ज्योति मावि काँगेल, वडा नम्बर ३ को कालिका देवी मावि पञ्चनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गरिने गाउँपालिका अध्यक्ष असिम राईले बताए । त्यस्तै वडा नम्बर ४ का लागि जनकल्याण मावि जुबु, वडा नम्बर ५ का लागि हिमालय मावि जुबु, वडा नम्बर ६ का लागि त्रिभुवन विद्योदय आवि मैदेल, वडा नम्बर ७ का लाग देउसा मावि देउसालाई, वडा नम्बर ८ का लागि दुधकोशीका आवि रनेम र वडा नम्बर ९ का लागि जनता मावि लोखिमलाई क्वारेन्टाइनको रूपमा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । विपद्को समयमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न तथा सहज खाद्य सामग्री आपूर्ति गर्ने सवालमा गाउँपालिकाले सक्रियता बढाउने जनाएको छ । जसको लागि उपाअध्यक्ष सविता राईको संयोजकत्वमा बजार अनुगमन तथा खाद्य सुरक्षा व्यवस्थापन समिति गठन गरिएको अध्यक्ष राईको भनाइ छ । यस्तै, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा क्वीक रेसपोन्स टिम बनाइएको छ । जसले कोरोनाका बिरामी देखिएमा तत्काल उद्धार गर्नेछ । त्यस्तै गाउँपालिका शिक्षा शाखा प्रमुखको संयोजकत्वमा नागरिकमा चेतना जगाउने उद्देश्यसहित समिति गठन गरिएको छ । भने अन्यआवश्यकबाहेक गाउँपालिकाले प्रभावह गर्ने सबै कार्य २१ गतेसम्म स्थगित गर्ने पनि निर्णय गरिएको गाउँपालिका अध्यक्ष असिम राईको भनाई छ । थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले महामारीका रूपमा फैलिएको कोराना भाइसरबाट डराउनेभन्दा पनि सचेतना अपनाउनु पर्ने बताए । नेलेमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उनले यो भाइरस लागिहालेमा तत्काल मृत्यु नहुने भएकाले आत्मबल बलियो बनाउँदै खानपान तथा सरसफाइमा ध्यान दिनुपर्ने जनाए ।

साथै उनले बाहिरबाट आउने जो–कोही व्यक्ति गाउँघरमा नघुमी १४ दिनसम्म घरैमा सुरक्षितसाथ बसिदिन आग्रहसमेत गरे । यसअघि नै गाउँपालिकाले सम्पूर्ण हाटबजार बन्द गर्ने निर्णय गरेको थियो भने आपतकालीन कोषसमेत खडा गरेको गाउँपालिकाले जनाएको छ । विभिन्न स्थानमा हेल्थ डेक्स स्थापना गरेको गाउँपालिकाले आवश्यक उपकरण तथा औषधिसमेत व्यवस्था गरेको जनाएको छ ।यता जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले कोरोना भाइरसको रोकथामका लागि आपतकालीन कोषको स्थापन गर्ने निर्णय गरेको छ । सोमबार बसेको नगर कार्यपालिका बैठकले १० लाखको आकस्मिक कोष स्थापन गर्ने निर्णय गरेको हो । चालू आर्थिक वर्षमा बजेट बचत हुने क्रियाकलापबाट कटौती हुनेगरी सो बजेट खर्च गरिने नगरपालिकाले जनाएको छ । त्यस्तै कोरोना रोकथामका लागि समन्वय समिति गठनसमेत गर्ने निर्णय भएको छ । नगरपालिका मेयरको संयोजकत्वमा समिति गठन गरिएको छ । नगरपालिकाले वडास्तरीय समितिसमेत गठन गर्ने निर्णय गरेको छ । जसको संयोजकमा सम्बन्धित वडाको वडा अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति रहनेछ । त्यस्तै सोलुखुम्बुको प्रवेशद्वारा ठाडे र फाप्लु विमानस्थलमा हेल्थ डेक्स स्थापना गर्ने निर्माण गरिएको प्रवक्ता सारदामाया तामाङले जानकारी दिइन् । त्यस्तै वडा नम्बर ५ मा रहेको कर्मचारी आवास गृहलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने निर्णय गरिएको तामाङको भनाइ छ । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा कोरोना व्यवस्थापन समिति र स्वास्थ्य संयोजकको संयोजकत्वमा उद्धार समिति गठन गरिएको छ । यसैगरी यही १५ गतेका लागि निर्धारण गरिएको नगरपालिकाको नगरसभासमेत स्थगित गर्ने निर्णय भएको नगरपालिका प्रवक्ता सारदामाया तामाङले बताइन् । त्यस्तै कृषक समूह छनोट, सिमित अनुमोदन सम्बन्धमा, विद्युत् विस्तार तथा वडा नम्बर ११ तिङ्लाका स्थानीयको मतदाता नामावलीमा निर्वाचन प्रदेश ‘ख’मा राख्न निर्वाचन आयोगमा अनुरोध गर्नेसमेत निर्णय गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया