Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकीटनाशक औषधि छर्किने कामलाई तीव्रता दिँदै कामपा

कीटनाशक औषधि छर्किने कामलाई तीव्रता दिँदै कामपा


काठमाण्डौं,चैत १४
काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलिन नदिनका लागि सार्वजनिक स्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । कामपाले बिहीबार बिहान बबरमहल, बानेश्वर, तीनकुने, सिनामंगल जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म छर्कने कामलाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको छ । सरकारले लकडाउन गरेको दोस्रो दिनदेखि कामपाले उक्त कार्य सुरु गरेको हो । कामपा, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ ।

मानिसको भीडभाड बढी हुने स्थान वीर अस्पताल, भित्री सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा पहिलो दिन (कीटनाशक) औषधि छर्कने कामको सुरुआत भएको थियो । कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्याड्ढरमार्फत कीटनाशक औषधि छर्किन सुरु गरेको र आवश्यकतानुसार थप गर्न सकिने सापकोटाले बताए । प्रमुख शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताएका छन् । यससँगै कामपाले ब्रुरुमरबाट सडक सफा गर्ने काम पनि निरन्तर रूपमा गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया