दुवै खुट्टा गुमाएका हरिबहादुर बुढामगरद्वारा सगरमाथाको सफल आरोहण
काठमाडौं,घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुढामगरले गत शुक्रबार दिउँसो सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमानी समेत कायम गरेका छन् ।
मगरले कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा आरोहण गरेका थिए । दुवै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन् । उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन् भने घँुडामाथिसम्म खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्न सफल हुने बुढामगर पहिलो व्यक्ति हुन् । आरोहणका जनसम्पर्क अधिकृत हिम विष्टका अनुसार मगरको टोलीले शुक्रबार दिउँसो तीन बजे सगरमाथाको दक्षिणी मोहोडाबाट आरोहण गरेका हुन् ।
संसारको शिखरमा चढेर अपाङ्गता भएका जोकोहीले आफ्नो सपना पूरा गर्न सक्न भन्ने पुष्टि भएको बताए । सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन् । ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । उनले दुवै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनस्र्थापना केन्द्रमा बिताएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया