जडीबुटी खेतीमा भविष्य खोज्दै पदमबहादुर !
दोलखा,जिल्लाको बैतेश्वर गाउँपालिका–३ मिर्गेयार्साका पदमबहादुर खत्री हिजोआज वनजङ्गलमा पाइने चोथ्रोको जरा काट्ने चटारोमा छन् । दुई दशकदेखि जडीबुटी खेतीमा रमाइरहेका उनी स्थानीय वनजङ्गलमा पाइने चोथ्रोको चाना काट्ने, सुकाउने र प्याकिङ गर्ने काममा व्यस्त देखिन्छन् ।
उनले यही पेसामा लामो समयदेखि आफ्नो भविष्य खोजिरहेका छन् । उनी वैशाख–जेठको समयमा चोथ्रो काट्ने र सुकाउने गर्छन् । पाउला फेर्ने समयमा चोथ्रोको जरा काटेर सुकाएर राख्ने गरेको उनी सुनाउँछन् । यसको जरा विभिन्न प्रकारका आयुर्वेदिक औषधिको लागि प्रयोग हुने उनको भनाइ छ । यसका अलावा रङ बनाउन पनि यसको प्रयोग गर्ने गरिन्छ । अहिले बजारमा चोथ्रोको जराको मूल्य प्रतिकेजी १३ देखि १५ रुपैयाँसम्ममा बिक्री हुने गर्छ । चोथ्रो जङ्गलमा सजिलै पाउने भए पनि जरा खोज्न र चाना बनाउन खेतला लगाउने गरेको खत्रीले सुनाए । थोरै मूल्यमा चोथ्राको जरा बिक्री भए पनि खत्रीले यो पेसालाई दुई दशकदेखि निरन्तरता दिँदै आएका छन् ।
अहिले उनको फार्ममा ७५ थरीका जडीबुटी पाइने गर्छ । खत्रीले लोडसल्ला, ठूलो आख्थो, पदम्चाल, चिराइँतो, गोल्डेन चिया, टिम्बुर, दन्तेओखर, सतुवा, भाङे, सुगन्धवाल, तीतेपाती, तीनतले बाको, किबीलगायत ७५ थरीको जडीबुटीको खेती गरेको बताए । जिल्लामै नमूना रूपमा जडीबुटी खेती गरिरहेको उनको भनाइ छ । उनले जडीबुटीको खेती गर्न एक करोड रुपैयाँभन्दा धेरै लगानी गरेको बताए ।
जडीबुटी उत्पादनबाट आम्दानी राम्रो हुने गरे पनि सुरुमा लगानीको समस्या रहेको उनले सुनाए । जडीबुटी उत्पादनमा सरकारले लगानी नगरेको उनको गुनासो छ । सोमबार खत्रीको फार्म अनुगमन गर्न गएकी बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले पनि आगामी वर्षको बजेट तथा कार्यक्रममा यस्तो नमुना फार्मलाई सहयोग गर्ने नीति लिने प्रतिबद्धता व्यक्त गरिन् ।
केही वर्षअघि प्रदेश सरकारले आफ्ना लागि पठाएको ५० लाख अनुदान गाउँका नेताहरूले अन्यत्रै खर्च गरेको उनको गुनासो छ । अहिले ४० रोपनी जग्गामा केबी, ६० रोपनीमा अर्गेली, एक रोपनीमा दन्ते ओखर, ३० रोपनीमा अमेरिकी लोठसल्लो, २ रोपनीमा गोल्डेन चिया, ३ रोपनीमा सतुवा लगाएको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया