Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसात कम्पनीले पाए स्टक ब्रोकरको लाइसेन्स

सात कम्पनीले पाए स्टक ब्रोकरको लाइसेन्स


काठमाडौं,नेपाल धितोपत्र बोर्डले स्टक ब्रोकर सञ्चालनका लागि अनुमतिपत्रको आशयपत्र (एलओआई) दिएका ४३ कम्पनीमध्ये सातवटालाई धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)को लाइसेन्स दिएको छ । बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठले सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले सात कम्पनीलाई लाइसेन्स दिएको पुष्टि गरेका छन् । स्टक ब्रोकर कम्पनी सञ्चालनका लागि आवेदन दिएका ४५ मध्ये बोेर्डले यसअघि नै ४३ वटालाई आशयपत्र दिएको थियो । तीमध्ये सातवटाले कार्यालयको पूर्वाधार तयार गरेको जानकारी बोर्डमा गराएकाले लाइसेन्स दिइएको श्रेष्ष्ठले जानकारी दिए ।

स्टक ब्रोकरको लाइसेन्स पाउनेहरूमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, सेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् । उनीहरूले आशयपत्र पाएपछि पूर्वाधार निर्माण गरी बोर्डमा जानकारी गराएपछि बोर्डले लाइसेन्स दिएको हो ।

बोर्डका अनुसार ब्रोकर कम्पनीको लाइसेन्सको लागि ४५ वटा कम्पनीहरूले आवेदन दिएका थिए । यसरी आवेदन दिनेमा नबिल सेक्युरिटिज लिमिटेड, मेघा स्टक मार्केट लिमिटेड, हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड, सीबीआईएल सेक्युरिटिज लिमिटेड, केबीएल सेक्युरिटिज लिमिटेड, एनएमबी सेक्युरिटिज लिमिटेड, आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड, सानिमा सेक्युरिटिज कम्पनी लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, सन् सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, भोले गणेश सेक्युरिटिज लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, आकाश भैरव सेक्युरिटिज लिमिटेड, एलिट स्टक हाउस लिमिटेड र एसपीएसएस सेक्युरिटिज लिमिटेड, सनराइज सेक्युरिटिज लिमिटेड, जेबीएनएल सेक्युरिटिज लिमिटेड, सेयर प्रो सेक्युरिटिज लिमिटेड, स्टक्सकार्टस सेक्युरिटिज लिमिटेड, प्रोपर्टी बिजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे सेयर ब्रोकर कम्पनी, ब्लुचिप सेक्युरिटिज लिमिटेड, गरिमा सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट प्रालि, मनी वल्र्ड सेयर एक्सचेन्ज प्रालि, शुभकामना सेक्युरिटिज प्रालि र मियो सेक्युरिटिज लिमिटेड छन् ।

बोर्डले २०७९ असोज २ गते ३० दिनको अवधि तोकेर धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । सोही मागबमोजिम ब्रोकर कम्पनीको लागि ४५ कम्पनीको आवेदन परेको थियो । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पुँजी एक अर्ब ५० करोड तोकेको छ भने पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकेको छ ।
एसएमई प्लेटफर्म नियमावली अर्थमा नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली २०८० अर्थ मन्त्रालयमा पेस गरेको छ ।

यो नियमावली अर्थले मन्त्रिपरिषद्मा लैजाने र त्यहाँबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । नियमावलीले २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीलाई साना तथा मझौल कम्पनीमा वर्गीकरण गरेको छ । यस्तै साना तथा मझौला कम्पनीको साधारण सेयरमा न्यूनतम दुई सय ५० कित्ता सेयरको लागि आवेदन दिन सकिने व्यवस्था पनि गरेको छ ।
नियमावलीले संगठित संस्थाको जारी पुँजीको कम्तीमा ३० प्रतिशत र बढीमा ४९ प्रतिशतसम्म सेयर सार्वजनिक निष्काशन गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया