एमालेद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । ‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति हो । संसद चल्न दिदैनौं ।’
आइतबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने गरी बोलाइए पनि निर्धारित समयमा बैठक सुरु हुन सकेको छैन । १७ जेठमा राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । मन्त्रिपपिरषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह सहितको पत्र राष्ट्रपतिलाई १२ जेठमा लेखेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया