Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको छ : सांसद घर्ती

बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको छ : सांसद घर्ती


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले आर्थिक वर्ष २०८०/८१ को बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उनले बजेटको प्रभावकारी कार्यान्वयमा जोड दिए ।

उनले बजेटमा राज्यलाई अपरिहार्य नभएका २० समिति, संस्थान खारेज गर्ने वा गाभ्ने व्यवस्था कार्यान्वयन सहज नभएको र यसमा चुनौती रहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने राससलाई बताए ।

सांसद घर्तीले प्रभावकारी नेता र मन्त्रीका निर्वाचन क्षेत्रमा बजेटले प्राथमिकता दिने पुरानै प्रवृति देखिएको टिप्पणी गरे । साथै उनले मलुकको आवश्यकतालाई ध्यान दिई व्यावासायिक उत्पादनमा जोड दिनुपर्ने सुझाव दिए ।

उनले किसानले समयमा मल बीउ नपाउने पुरानै अवस्था कायम हुनु दुर्भाग्य भएको बताए । हालको प्रतिनिधिसभामा नयाँ र पुराना जनप्रतिनिधि रहेपनि यस थलोमा जीवन व्यवहार भने नयाँ हुन नसकेको उनको भनाइ थियो । घर्तीले सबै दलले जनतामा छाएको निराशा हटाइ आशा जगाउनुपर्ने धारणा व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया