न्युज अभियानका सम्पादक भण्डारीले पाए न्याय
जिल्ला अदालतमा साइबर ब्यूरोले दायर गरेको मुद्दामा न्युजअभियान डटकमका सम्पादक छायाचन्द्र भण्डारीले विद्युतीय कारोबार सम्बन्धी मुद्दामा न्याय पाएका छन् ।विद्युतीय कारोबार सम्बन्धी दायर गरेको उक्त मुद्दामा काठमाडौं जिल्लाका न्यायाधीश केशवप्रसाद घिमिरेले बिहीबार अन्तिम आदेशको फैसला मार्फत बादी तर्फको दाबी नपुग्ने भन्दै भण्डारीको पक्षमा फैसला गरेका हुन ।
सम्पादक भण्डारीलाई जिल्ला अदालत काठमाडौंमा साईबर क्राइम सम्बन्धमा साईबर ब्युरोले गत २०७९ भाद्रमा मुद्दा दायर गरेको थियो ।उक्त मुद्दाको बहस बरिष्ठ वकिल अनन्त राज लुईटेल, वकिल भक्ती घिमिरेले गरेका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला ,प्रेस काउन्सिल नेपाल, नेपाल प्रेस युनियन, एसियन हुमनराइट्स कमिसन, क्रान्तिकारी पत्रकार महासंघलगायतका संघ संस्थाले भण्डारीलाई विद्युतीय कारोबार मुद्दा लगाइएको सम्बन्धमा आपत्ति प्रकट गरेका थिए ।समाचार लेखेकै आधारमा झुठ्ठा मुद्दामा फसाउने योजना सम्मानित अदालतको फैसलाले असफल तुल्याएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया