Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकी फौजी कीराले खोटाङका कृषक चिन्तित

अमेरिकी फौजी कीराले खोटाङका कृषक चिन्तित


खोटाङ,बैशाख ५

हलेसी तुवाचुङ नगरपालिका कृषकहरू मकैबालीमा लागेको विनाशकारी अमेरिकी फौजी कीराको कारण चिन्तित भएका छन् । नगरपालिकाको वडा नम्बर ६ स्थित मंगलटारको छतिवनेका किसानको महादेववेशी र सेरावेशीलगायतका खेतमा लगाएको मकैबाली फौजी किराले नष्ट गर्न थालेपछि त्यहाँका किसानहरू चिन्तित बनेका हुन् ।

साबिकको वडा नम्बर ८ छतिवनेका किसान श्यामबहादुर बस्नेतले आफ््नो खेतमा लगाएको मकैमा धानचामल निस्किने बेलामा फौजी कीराले सखाप बनाएको बताए । उनले भने, ‘पोहोर साल केही मात्रामा देखिएको यस कीराले यसपाली त सुरुमा नै प्रवेश गरेर सखाप नै पार्ने भयो ।’

त्यस्तै अर्का स्थानीय किसान मदनबहादुर बस्नेतले भने, ‘आफू यही ठाउँमा खेती किसानी गरेर बुढो भइसकँे तर पनि अहिलेसम्म यस्तो विनाशकारी प्रकोप थाहा थिएन ।’ गतवर्ष खडेरीले बीउसमेत गुमाएका यस क्षेत्रका किसानलाई अहिले भने फौजी कीराले दुःख दिएपछि रातभर निदाउन सकेका छैनन् । मदनबहादुर भने, ‘यो त अच्चम्मको पो हुँदोरहेछ, दुई÷तीन दिनभित्रै बाली सखाप पार्दोरहेछ । मकै फल्ला र खाउँला भन्ने आस नै छैन अब त, के खाने होला ।’

विश्वव्यापीरूपमा फैलिएको कोरोनाको महामारीले देश अहिले लकडाउनमा छ । त्यसै पनि गाउँका किसानहरूले कृषिमा आइपर्ने यस्ता रोग र समस्या निराकरणका लागि औषधिको अभाव खेपिरहनु परेको बेलामा किसानको मनमा अर्को तनाव थपिएको छ । दिनभर आफू खेतमै काम गरेर फर्केको भए पनि रातको समयमा बढी सक्रिय हुने भएकाले एकै रातमा बाली सखाप पारेपछि रुनु न हाँस्नु बनाएको स्थानीय किसानहरूको भनाइ छ । प्रमुख बाली मकैमा नै यस्तो समस्या देखिएपछि यसका बारेमा बुझ्दा वडाध्यक्ष रमेशकुमार राउतले भने, ‘अहिले भनेको वेशी एरियाका खेतमा मात्र बाली भएकाले सानो एरियामा समस्या देखिएको छ र यसको निराकरणका लागि हामीले बेलैमा औषधि (विष) छर्किने काम गरेका छौँ । हेरौँ यसको नतिजा कस्तो आउँछ ।’

आफूहरू अहिले कोरोनाको महामारीसँग लडिरहेको र बीचमा आउने यस्ता समस्याले झन् तनाव थपेको बताउँदै उनले भने, ‘यहाँका किसानहरूको आम्दानीको मुख्य स्रोत नै मकैबाली हो । सुख्खाग्रस्त यस क्षेत्रमा अघिल्लो वर्ष पनि खडेरीले बर्खे बाली सखाप पा¥यो । अहिले सुरुवाती चरणमा नै यस्तो समस्या देखिएकोले हामी मुख्य सिजनका बालीमा आउने यस्ता किसिमका समस्याका लागि सचेत भएर लागिपर्नेर्छौँ ।’

अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखा परेको थियो । सामान्यतया फल आर्मीबम (एफएडब्लू) भनिने फौजी कीरा गर्मी महिनामा एक रातमै सय किलोमिटरको दूरी पार गर्न सक्ने कृषि तथा किट विज्ञहरूले बताएका छन् । फौजी कीरा पुतली समूहको कीट हो । अण्डा पारेको करिब १० दिनपछि यो लार्भामा परिणत हुन्छ र यो करिब एक महिनासम्म लार्भा अवस्थामै रहन्छ । लार्भा अवस्थामा बढीभन्दा बढी खाने भएकाले यसलाई खन्चुवा पनि भनिन्छ । अनि प्युपा बनेपछि त्यही अवस्थामा दुई सातासम्म रहन्छ । त्यसपछि पुतली बन्छ । समग्र जीवनचक्र गरी दुई महिनाको आयु रहेको रहेको यो कीरा अमेरिकन र रैथाने रहेका छन् ।

अमेरिका हँुदै भारतमा आएको फौजी कीरा भने गत वर्षको वैशाख महिनामा फेला परेको हो । खेतबारीमा लगाएको अन्नबालीलाई व्यापकरूपमा नष्ट गर्ने फौजी कीराको लार्भाले अन्नबालीलगायत लगभग ८० प्रकारका बालीनालीमा क्षति पु¥याउने गरेको कीट विज्ञहरूले बताएका छन् । विज्ञका अनुसार सबैभन्दा बढी मकै मन पराउने र मकै नपाएको अवस्थामा धान, गहुँ, कोदो, जुनेलो, उखु, बन्दा, बदाम, भटमास, प्याज, कपास, गोलभेडा, आलुलगायतका बाली खाएर क्षति पु¥याउने गर्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया