नेपालको उद्योग क्षेत्रमा चीन र अमेरिकाबाट धेरै लगानी
काठमाडौँ ।
पछिल्ला महिनाहरुमा नेपालको उद्योग क्षेत्रमा चिनियाँ लगानी बढेको छ । अघिल्ला वर्षहरुमा नेपालको उद्योग क्षेत्रमा भारतीय लगानी बढी हुने गरेकोमा अहिले भने भारतलाई पछि पार्दै चिनियाँ लगानी नेपालमा भित्रिएको छ ।चिनियाँ लगानीकर्ताहरुले चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म)को अवधिमा १७ अर्ब ९६ करोड रुपैयाँ उद्योग विभागबाट स्वीकृत गराएका छन् ।
उनीहरुले उक्त लगानी एक सय चार वटा उद्योग स्थापनाका साथै तीन हजार ८१ जनालाई रोजगारी दिने उद्देश्यले भित्र्याएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले बताए ।सूचना अधिकारी पराजुलीका अनुसार सात महिनाको अवधिमा भारत, मलेसिया, सिंगापुर, बेल्जियम, मेक्सिको, दक्षिण कोरिया, बेलायत, अमेरिका लगायत १३ वटा मुलुकबाट २४ अर्ब १३ करोड ८५ लाख लगानी आएकोमध्ये चिनियाँ लगानीकर्ताले सबैभन्दा धेरै लगानी स्वीकृत गराएका हुन् ।
यस्तै चिनियाँ लगानीकर्तापछि सो अवधिमा अमेरिकन लगानीकर्ताहरुले सबैभन्दा बढी रकम विभागबाट स्वीकृत गराएका छन् ।
उनीहरुले नेपालको उद्योगमा लगानी गर्ने भन्दै एक अर्ब ७५ करोड, तीन अर्ब ब्रिटिश भर्जिन आइसल्याण्ड, ५६ करोड भारतीय, २५ करोड चिनियाँ (ताइवान), २० करोड बेलायती, १५ करोड मेक्सिकन, १३ करोड दक्षिण कोरियाली लगानीकर्ताहरुले विभागबाट लगानी स्वीकृत गराएका छन् ।१३ मुलुकका लगानीकर्ताहरुले एक सय ३१ वटा उद्योग स्थापना तथा तीन हजार सात सय ४० जनालाई रोजगारी दिने भन्दै लगानी स्वीकृत गराएका हुन् । ती लगानीकर्ताहरुले १५ अर्ब ५३ करोड ८५ लाख पर्यटनजन्य, पाँच अर्ब २१ करोड सेवाजन्य, दुई अर्ब ५९ करोड उत्पादनजन्य र ४० करोड क्रमशः सूचना प्रविधि तथा कृषि र वैनपैदावरजन्य उद्योग निर्माण गर्ने भनी विभागबाट लगानी स्वीकृत गराएका हुन् । ७८ वटा पर्यटनजन्य, ३२ वटा सेवाजन्य, १३ वटा उत्पादनजन्य, पाँचवटा सूचना प्रविधिजन्य र दुई वटा कृषि तथा वनपैदावारजन्य उद्योग निर्माण गर्ने उनीहरुको योजना रहेको छ ।
गत आवको सोही अवधिको तुलनामा भने लगानी स्वीकृत रकममा करिब १८ अर्बले कमी आएको छ । गत आवमा चीन, भारत, सिंगापुर, बेलायत, अमेरिकालगायत १५ वटा मुलुकका लगानीकर्ताले ४२ अर्ब सात करोड लगानी भित्र्याउने बताएका थिए । ती लगानीकर्ताहरुले ११ अर्ब ८२ करोड ऊर्जाजन्य, १० अर्ब सूचना तथा प्रविधिजन्य, आठ अर्ब ५२ करोड ८५ लाख पर्यटनजन्य, सात अर्ब ७१ करोड सेवाजन्य, तीन अर्ब १३ करोड उत्पादनजन्य र ४२ करोड वन पैदारवरजन्य उद्योग निर्माण गर्ने भनी विभागबाट लगानी स्वीकृत गराएका हुन् ।
पाँचवटा ऊर्जाजन्य, ३० वटा सूचना प्रविधिजन्य, ६२ वटा पर्यटनजन्य, ४३ वटा सेवाजन्य, २२ वटा उत्पादनजन्य र तीनवटा कृषि तथा वनपैदावारजन्य उद्योग निर्माण गर्ने उनीहरुको योजना रहेको छ । उद्योग क्षेत्रमा लगानी गर्नको लागि विदेशी लगानीकर्ताहरु भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुरुप आउने गर्छन् । सहज परिस्थिति भएको भए लगानी तथा लगानीकर्ताको संख्या बढ्ने विभागका अधिकारीहरुको भनाइ छ । उनीहरुले कोरोना महामारीका कारण विदेशी लगानीकर्ता प्रत्यक्ष आउन कठिन भएको अवस्था अहिले पनि यथावत् रहेको भन्दै उनीहरुले नेपालमा रहेका आफ्ना प्रतिनिधिमार्फत लगानी भित्र्याएको बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
- नेपालमा अर्थतन्त्रका चुनौतीहरू
- भूकम्पका दश वर्ष पुनर्निर्माण अलपत्र
- प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
- लाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया