Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधछ बच्चासहित ३ सय ९ पर्यटक स्वदेश फर्किए

छ बच्चासहित ३ सय ९ पर्यटक स्वदेश फर्किए


काठमाडौं, वैशाख २१
नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा रहेका विदेशी पयर्टकहरु फर्किने क्रम जारी छ । यही क्रममा शनिबार ५४ देशका तीन सय नौ जना पर्यटकहरु काठमाडौंबाट आआफ्नो मुलुक फर्किएका छन् । पर्यटन बोर्डका अनुसार विदेशीहरु आफ्नो मुलुक फर्किने क्रममा फ्रान्ससहित युरोपेली मुलुक, अमेरिका, दक्षिण अफ्रिका, इजरायल, क्यानडा तथा अष्ट्रेलियाका नागरिकहरु आफ्ना मुलुक फर्किएका हुन् । त्रिभुवन विमानस्थलका अनुसार ती पर्यटकहरु लिन कतार एयरवेजको वाइडबडी विमान दिउँसो ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो ।

सो विमान १२ बजेर ५५ मिनेट जाँदा कतारको लागि उडेको विमानस्थलका एक अधिकारीले आर्थिक दैनिकलाई जानकारी दिए । ती अधिकारीका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सो जहाज काठामाडौंबाट कतारको दोहा हुँदै पेरिसको लागि उडेको हो । विभिन्न मुलुकका नागरिक भएको हुँदा विमान कतार ट्रान्जिट भएर आफ्नो गन्तव्यतर्फ लाग्ने उनको भनाइ छ । पर्यटक लिनका लागि विमान भोलि पनि आउने विमानस्थलले जानकारी दिएको छ ।

यसैबीच, हिमालय एयरलाइन्स पनि शनिबार नै चीन गएको छ । साँझको साढे ४ बजे हिमालय एयरलाइन्स कार्गो सामग्री लिनको लागि चीनतर्फ गएको हो । विमान आइतबार बिहान ७ बजे काठमाडौं फर्किनेछ । कोरोना भाइरकसको कारण अन्तर्राष्ट्रिय उडान ठप्प भएको समयमा पनि त्रिभुवन विमानस्थलमा चार्टर विमानहरु आउने क्रमले भने निरन्तरता पाएको छ । विशेष गरी पर्यटकहरु आफ्ना मुलुक फर्किन र औषधिजन्य सामग्री ल्याउनको लागि विमानहरुले काठमाडौं हुँदै विभिन्न मुलुकमा उडान भरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x