Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगुम्बाको सामान चोरीको आरोपमा तीन जना पक्राउ

गुम्बाको सामान चोरीको आरोपमा तीन जना पक्राउ


महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २३
गुम्बाको सामान चोरी रहेको आरोपमा सोलुखुम्बुमा तीनजना पक्राउ परेका छन् । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ मा रहेको पाङ्बोचे गुम्बाबाट विभिन्न समग्रीहरू चोरी गरेको आरोपमा तीन जनालाई शनिबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा जिल्लाको महाकुलुङ गाउँपालिका वडा नम्बर २ घर भई खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचेमा बस्दै आएका राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई खुम्बु पासाङल्हमु वडा नम्बर ४ दिंबोचे बस्ने राजेश राई र सोलुखुम्बु महाकुलुङ गाउँपालिका वडा नम्बर २ पेल्माङ घर भई खुम्बु पासाङल्हामु वडा नम्बर ४ फोर्चे बस्ने मदन राई रहेका छन् ।

गत भदौमा यो गुम्बाबाट तीन जोर जाम्टा, शंख दुई थान, सनाही एक जोर, पुरानो काक्लिङ एक जोर, पुरानो नि माला, नर्थ फेस टेन्ट एक थान, कम्लब चार थान र भेटीबापतको १५ हजार रूपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड गरिएको थियो । सोही घटनामा संलग्न रहेको आशंकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्नालेको भनाइ छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x