Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोहोरो बिल जारी गर्ने चार पसललाई कारबाही

दोहोरो बिल जारी गर्ने चार पसललाई कारबाही


काठमाडौं, वैशाख २६
खाद्य पदार्थलाई बढी मूल्यमा बिक्रीवितरण गरेको र दोहोरो बिल जारी गर्ने पसललाई सरकारले नगद जरिवानासहित कारबाही गरेको छ । दोहोरो बिल जारी गरेबापत बिहीबार दुई बिक्रेतालाई कारबाही गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा कारबाही गरिएको हो ।

काठमाडौंको माकलबारीस्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई तीन/तीन लाखका दरले जरिवाना गरिएको विभागले जनाएको छ । दुवै पसलमा प्यान र भ्याट बिल हुँदा पनि साधा बिल जारी गरिएको भेटिएपछि जरिवाना गरिएको हो । दर्ता नगरी मार्ट सञ्चालन गरेको भेटिएपछि शंखमूलस्थित बेष्ट किनमेल मार्टलाई पनि ५० हजार जरिवाना गरिएको छ ।

त्यस्तै बिहीबार नै बालाजुस्थित भ्याली कोल्ड स्टोर्सले लेबल नराखी मासु बिक्री गरेको भन्दै तीन दिनभित्र आवश्यक कागजपत्र लिएर विभागमा आउन निर्देशन दिइएको छ । भ्याली कोल्ड स्टोर्स सो क्षेत्रमा सर्वाधिक मासु बिक्री गर्ने फर्म हो । लेबल नराखी मासु बिक्री गरेको कारण उक्त पसलले गुणस्तरहीन मासु बिक्री गरेको आशंका गरिएको छ । यद्यपि परीक्षणपछि मात्र यसको वास्तविकता पत्ता लाग्ने विभागले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x