Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसेल्सवेरीका नयाँ दुई शाखा

सेल्सवेरीका नयाँ दुई शाखा


काठमाडौं । सेलवेज क्यास एन्ड क्यारी प्रालिले राजधानीमा दुई वटा शाखा विस्तार गरेको छ । कम्पनीले नयाँ शाखा महाराजगञ्जमा रहेको सेल्सवेरी टावर र कालिमाटी ट्रेड सेन्टरमा सञ्चालन ल्याएको जानकारी दिएको छ ।

महाराजगञ्जको सेल्सवेरी टावरमा भने बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ पुल तथा विविध स्वदेशी, विदेशी खानाहरूको सेवा, सुविधासहितको रेस्टुरेन्ट रहेका छन् । साथै, स्वदेशी एवं अन्तर्राष्ट्रिय गुणस्तरीय सामानहरू उचित मूल्यमा पाइने कम्पनीले जनाएको छ । उक्त अत्याधुनिक भवनमा चार तला वेसमेन्ट पार्किङ रहेको छ । कम्पनीका अनुसार भुई तल्लादेखि छैठौं तल्लासम्म डिपार्टमेन्टल स्टोर सञ्चालन हुनेछ । सात र आठ तलामा विभिन्न कर्पोरेट अफिसहरू रहनेछ । नवौं, दशौँ तथा एघारौं तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवं विदेशी खानाहरूको सेवा, सुविधासहितको रेस्टुरेन्ट एवं बार सञ्चालन हुनेछ । बाह्रौं तल्लामा स्वीमिंग पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर सञ्चालन हुनेछ । उक्त भवनको तेह्रौं तल्लामा भ्युटावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिनेछ ।

महाराजगञ्जको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको शुक्रबार भव्य सुरुवात गरिएको थियो । सो अवसरमा कम्पनीले लक्की ड्रमार्फत बम्पर पुरस्कारको रूपमा एमजी कोमेट ईभी पेस इलेक्ट्रिक कार तथा प्रथम पुरस्कारबापत सेगवे नाइनवोट इ१०० स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरू प्रदान गर्ने जनाएको छ । साथै, कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप छ वटा शाखाहरू सञ्चालन गर्ने पनि जनाएको छ । यस्तै, हरेक वर्ष सानो, मध्यम तथा ठूलोस्तरको १०–१५ वटासम्म शाखा सञ्चालन विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया