Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजनकपुरका अदालत भदौ १५ गतेसम्म बन्द

जनकपुरका अदालत भदौ १५ गतेसम्म बन्द


जनकपुरधाम, भदौ १०
उच्च आदालत जनकपुर तथा जिल्ला आदालत धनुषा भदौ १५ गतेसम्म बन्द हुने भएका छन् । अदालतका न्यायाधिशमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको अदालत भदौ १५ गतेसम्मको लागि बन्द भएको हो । कोरोना महामारीको संक्रमण बढ्दै गएपछि उच्च अदालत जनकपुर तथा जिल्ला अदालत धनुषा र महोत्तरीका अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय भएको छ ।

केही साताअघि मात्रै उच्च अदालत जनकपुरका एक न्यायाधिश र सरकारी वकिलको कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको थियो । उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत धनुषा, जिल्ला अदालत महोत्तरीका पदाधिकारीहरूबीच भएको बैठकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको कामकारबाही बन्द गर्ने निर्णय गरिएको छ । सो अवधिमा उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीको हकमा थुनछेक, बन्दी प्रत्यक्षीकरण, बालबालिकाको हकमा पर्ने निवेदन, महामारीसम्बन्धी निवेदन दर्ता तथा सुनुवाइ भने जारी रहने जनाइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x