Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीडभाडले बढे कोरोना संक्रमित

भीडभाडले बढे कोरोना संक्रमित


सुबास बस्नेत
दोलखा ।
दोलखा जिल्लाका नौवटै स्थानीयतहमा कोरोना भाइरस फैलिएको छ । सबै स्थानीय तहमा कोरोना भाइरसको जोखिम देखिए पनि जिल्लाका नागरिकले स्वास्थ्य सुरक्षा सतर्कता नअपाइएको पाइएको छ । दोलखाको सदरमुकाम चरीकोट बजारलगायतका क्षेत्रमा भीडभाड बढ्दा दैनिक कोरोना संक्रमित बढ्नथालेका हुन् ।

पछिल्लो दिनमा तिहारको किनमेल गर्ने सर्वसाधारण मानिसको ओहोरदोहोरले बजारमा भीडभाड बढेको छ । अघिल्लो केही साता कोरोना भाइरसको त्रासले बजार सुनसान देखिए पनि यो साता भने चहलपहल र भीडभाड बढेको हो । दोलखामा कात्तिक महिनामा दैनिक कोरोना संक्रमित बढिरहेका छन् । मंगलबार पनि दोलखामा थप चार महिलासहित आठ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया