Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदरबार स्कुललाई मोबाइल तथा ल्यापटप वितरण

दरबार स्कुललाई मोबाइल तथा ल्यापटप वितरण


काठमाडौं ।
कोभिड—१९ महामारीपछिको लकडाउनले निजी विद्यालय र सरकारी विद्यालय शिक्षाबीच एक ठूलो अन्तर्सिर्जना गरेको छ । निजी स्कूलका विद्यार्थीहरूले अनलाइन सिकाइका लागि उपकरण र ल्यापटपको प्रयोग गरेर आफ्ना अध्ययनहरू सुरू गरिरहेका छन् तर सरकारी विद्यालयका विद्यार्थीहरूको शिक्षा लगभग बन्द भइसकेको छ । अधिकांश शिक्षकहरूसँग कम्प्युटर सीप हुँदैन र सार्वजनिक विद्यालयका विद्यार्थीहरू अनलाइन शिक्षाको पहुँचका लागि मोबाइल फोन किन्न सक्दैनन् । सरकारले टिभी र रेडियोमार्फत निर्देशनहरू सुरू ग-यो तर त्यो त्यति प्रभावकारी भएको छैन ।

सोही समस्यालाई समाधान गर्न र सार्वजनिक तथा निजी विद्यालयहरूको बीचमा फाटो भर्न जोन्टा क्लब काठमाडौंले अनलाइन कक्षा सञ्चालन गर्नको लागि दरबार स्कूलका विद्यार्थीलाई मोबाइल तथा ल्यापटपहरु वितरण गरेको छ । जोन्टा क्लबलाई यस कार्यक्रममा सनराइज बैंक, सीपीएसएन र संस्कृति इन्टरनेशनल स्कूलले समर्थन गरेका थिए । नोभेम्बर १३ तारिखबाट यो अनलाइन परियोजनाको आधिकारिक सुरुवात गरिएको हो । परियोजनाले यी विद्यार्थीहरूलाई कोभिड—१९ बीच एक अनलाइन शिक्षा प्लेटफर्म प्रदान गर्दछ । यी स्कूलहरूले अनलाइन कक्षा कोठाहरू सञ्चालन गर्न सक्षम हुनेछन् ।

संस्कृति इन्टरनेसनल स्कूलका निर्देशक साथै जोन्टियन, दिप्ती आचार्यले स्वेच्छाले प्रशिक्षण दिन थालेकी छिन् । प्रशिक्षण दुवै सिंक्रनाइज र एसिंक्रनाइज सिकाइ प्लेटफर्महरू— जूम आधारित लाइभ कन्फ्रेरेन्स इन्टरफेस र गुगल क्लासरुम कभर हुनेछ । यी स्कूलका विद्यार्थीहरूले अनलाइन शैक्षिक गतिविधिहरूको माध्यमबाट उनीहरूको शिक्षालाई जारी राख्नसक्ने अवसर हुनेछ । उनीहरू लेक्चरमा सामेल हुन, असाइनमेन्ट गर्न, गुगल डक्समा आफ्ना साथीहरूसँग सहकार्य गरेर अनुसन्धान गर्न उपकरण प्रयोग गर्न सक्षम हुनेछन् ।

दरबार स्कूल एक ऐतिहासिक विद्यालय हो । त्यहाँ संस्कृत मावि र भानु मावी गरी दुईवटा स्कूलहरू छन् जसले एउटै भवन साझेदारी गरिरहेका छन् । उनीहरू दुवैले नेपाली विक्रम सम्वत् १९३८ देखि पुरानो भवनमा पठनपाठन सुरु गरेका थिए । संस्कृत मावि नाममा जस्तै संस्कृत भाषा, खगोल विज्ञान, आयुर्वेद र अन्य विज्ञान विषयहरूमा केन्द्रित छ । यस स्कूलले ६ कक्षाबाट १२औँ कक्षासम्म भर्ना लिन्छ । भानु मावि नेपाल भाषा वा नेवारी भाषामा केन्द्रित छ जहाँ १२औं कक्षासम्म भर्ना लिइन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया