Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधछैटौँ उद्योग दिवस मनाइयो

छैटौँ उद्योग दिवस मनाइयो


बझाड. ।
उद्योग र रोजगार सम्वृद्धिको आधार’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय चैनपुरले मंगलबार विभिन्न कार्यक्रम गरी छैटौँ उद्योग दिवस मनाएको छ । उद्योग दिवसका अवसरमा बोल्दै कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामलाल जोशीले कृषि र उद्योग एकअर्काको पाटो भएकाले स–साना उद्योगलाई प्राथमिकता दिई युवाहरूलाई आत्मर्निभरता बनाउन उद्योग सञ्चालनतर्फ आकर्षित गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जिल्लामा साना उद्योगदेखि लिएर ठूला हाइड्रोपावरको सम्भावना भएको पश्चिम सेती र जिल्ला बहुमुल्य जडीबुटीदेखि भेडा, बाख्रापालनबाट स्थानीयस्तरमा रोजगारको सम्भावना रहेको बताए । उनले जिल्लामा सना तथा ठूला उद्योगहरू सञ्चालनको सम्भावनालाई खोजी गर्दै सरकार अघि बढिरहेकोले यसमा सरकार मात्र नभई निजी लगानीकर्तालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

घरेलु तथा साना उद्योग बझाङले लघुउद्यमदेखि ठुला–ठुला उद्योगको सम्भाव्यता अध्ययन गरी काम अगाडि बढाउने र स्थानीय सरकारसँग समन्वय गरेर उत्पादनमा समेत जोड दिइरहेकोले महिला तथा युवाहरूलाई सीपमूलक तालिमहरू दिएर आत्मनिर्भर गराउने खालका कामहरू भइरहेको घरेलु तथा साना उधोग बझाङका निमित्त कार्यालय प्रमुख दशरत जप्रेलले बताए । साथै उद्योग दिवसको अवसरमा उद्यमीलाई सम्मान गर्नुका साथै सदरमुकाम चैनपुरमा प्रभातफेरि कार्यक्रम समेत गरेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया