Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुमा साइक्लिङ टुरिजम

सोलुखुम्बुमा साइक्लिङ टुरिजम


सोलुखुम्बु ।
सोलुखुम्बुमा साइक्लिङ टुरिजमको प्रशस्त सम्भावना रहेको साइक्लिङका सम्लग्न युवाहरूले बताएका छन् । मनोरम हिमाली दृष्यलाई आँखैमा राखेर गर्न सकिने साइक्लिङको प्रवर्द्धन भने आवश्यक रहेको उनीहरूको भनाइ छ । जिल्लाको रात्नाङ्गे धाप पिके साइकल यात्रामा सहभागी युवाहरूले प्रचार प्रसारमा ध्यान दिन सके साइक्लिङकै लागि पनि सोलुखुम्बुमा हजारौँ विदेशी पर्यटक आउने सम्भावना रहेको बताएका छन् ।

‘ग्रामीण जनजीवन, लगातारको हिमाली दृष्य र स्थानीय सांस्कृतिले सोलुखुम्बुको पिके क्षेत्रमा गरिने साइक्लिङमा कहिल्यै थकान हुन्न’ साइक्लिङमा सम्लग्न युवा ग्याल्जेन शेर्पाले भने । अर्का युवा उजन मानन्धर भने सयौंं अग्ला हिमालहरू आँखैअगाडि देख्न पाउँदा आनन्द प्राप्त भएको बताउँछन् । सोलुखुम्बुमा साइक्लिङ टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित हिमालयन नेपाल युथ क्लवको आयोजनामा रात्नाङ्गे धाप पिके साइकल यात्रामा हालै सहभागी भएका पाँच युवालाई आयोजकले प्रमाणपत्र समेत प्रदान गरेको छ । सात दिने साइकल यात्रामा ग्याल्जेन शेर्पा, लिजोन थापा, मिङमार शेर्पा, उजन मानन्धर र उज्वल तिमलिस्ना सहभागी थिए । सोलुखुम्बुमा साइक्लिङ टुरिजमको प्रवर्द्धनका लागि संस्थाले प्रयास गर्ने हिमालयन नेपाल युथ क्लबका अध्यक्ष पेम्बागेलु शेर्पा बताउँछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया