Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमिर्गौलापीडित भूमिसरालाई अमेरिका बस्ने नेपालीको सहयोग

मिर्गौलापीडित भूमिसरालाई अमेरिका बस्ने नेपालीको सहयोग


काठमाडौं ।
रोल्पा माडी गाउँपालिका ६ निवासी विगत लामो समयदेखि दुवै मिर्गौलाले काम गर्न छाडेर उपचार गराइरहेकी भूमिसरा घर्ती मगरको उपचारमा सहयोग गर्न अमेरिका बस्ने नेपालीहरूले सहयोग गरेका छन् ।

अमेरिकाको टेक्सासमा बस्दै आएका नेपाली कमल थापा, यासिका बाँठा र इन्द्रेणी कल्चर एसोसिएसनको पहलमा संकलित ७९ हजार आठ सय ९० रूपैयाँ बिरामी भूमिसरालाई हस्तान्तरण गरिएको हो । गायत्री नेसनल हस्पिटल घोराहीमा उपचाररत भूमिसरालाई सोही ठाउँमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको थियो । दुवै मिर्गौलाले काम गर्न नसकेपछि विगत लामो समयदेखि भूमिसराले प्राकृतिक उपचार गर्दै आएकी छिन् ।

कमजोर आर्थिक अवस्था भएका कारण निरन्तर उपचार गर्न समस्या भएकाले उपचारमा सहयोग गर्न बिरामी भूमिसराले अनुरोध समेत गरेकी छिन् । उनले भनिन, ‘नियमित उपचारका कारण मैले आर्थिक अभाव झेल्नु परिरहेको छ। यहाँहरूको सहयोगले उपचारमा केही सहज हुने नै छ। साथै थप उपचारका निम्ति थप सहयोग आवश्यक पर्ने भएकोले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया