Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएफसी चितवनद्वारा प्रशिक्षक केसी र मार्की खेलाडी खवाससँग सम्झौता

एफसी चितवनद्वारा प्रशिक्षक केसी र मार्की खेलाडी खवाससँग सम्झौता


काठमाडौं ।
नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) अर्को महिनाबाट सुरू हुँदै छ । अन्तर्राष्ट्रियस्तरमा अभ्यास हुँदै आए पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यावसायिक घरानाहरूले विभिन्न प्रतिस्पर्धी टिमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन् बढी प्रतिस्पर्धात्मक एवम् रोमाञ्चकारी हुने देखिएको छ ।

यसैक्रममा आसन्न प्रतियोगितामा आईएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रालिले एफसी चितवन टिमको स्वामित्व ग्रहण गर्ने भएको छ । हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त कुरा सार्वजनिक गरिएको थियो । पानीपोखरीस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयमा गत बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच सो सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतापत्रमा आईएमई ग्रुपको तर्फबाट गेम अन प्रालिका प्रबन्धनिर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज केसी, सहायक प्रशिक्षक शैलेश कर्माचार्य र मार्की प्लेयर राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासले हस्ताक्षर गरे । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्धनिर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज केसी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्की प्लेयर भरत खवास एवम् आईएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया