Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकाठमाडौं रेजर्स फुटबल क्लबका मार्की प्लेयरमा कुथु र कोचमा महर्जन

काठमाडौं रेजर्स फुटबल क्लबका मार्की प्लेयरमा कुथु र कोचमा महर्जन


काठमाडौं ।
नेपाल सुपर लिगका लागि काठमाडौं रेजर्स फुटबल क्लबले विकेश कुथु र कोचमा बालगोपाल महर्जनलाई क्लबको मार्की प्लेयर र कोचका रुपमा सार्वजनिक गरेको छ । केही सातामा सुरु हुने नेपाल सुपर लिगको पहिलो संस्करणमा उतार्न काठमाडौं रेजर्सले उनीहरुलाई मार्की प्लेयर र कोचका रुपमा बिहीबार सार्वजनिक गरेको हो ।

विकेश कुथु नेपालको राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य तथा कुशल गोलकिपर हुन् । १९ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका कुथुले मोफसलका टुर्नामेन्टहरुमा हालसम्म सात पटक बेस्ट गोल किपर अवार्ड प्राप्त गरेका छन् । साग फुटबल, बंगबन्धु कप र एएफसी सोलिडारिटी कपमा नेपालले गोल्ड मेडल हासिल गर्दा कुथुले आफूलाई टिमको महत्वपूर्ण सदस्य साबित गरेका थिए । त्यस्तै नेपाली फुटबलजगत्का चर्चित खेलाडी बालगोपाल महर्जनलाई काठमाडौ रेजर्सले कोचका रुपमा अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय टिमलाई लामो समयसम्म नेतृत्व दिएका महर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा आफ्नो रणनैतिक क्षमतालाई प्रदर्शन गरिसकेका छन् । उनले साफ गेममा खेलाडी र कोच दुवैका रुपमा गोल्डमेडल जितिसकेका छन् । साथै काठमाडौं रेजर्सले विज्ञान शर्मालाई टिमको कार्यकारी अध्यक्षको रुपमा नियुक्त गरेको छ ।

कार्यक्रममा काठमाडौं रेजर्स क्लबका धनी तथा एमएडब्लु ग्रुपका प्रबन्धनिर्देशक विष्णु कुमार अग्रवालले नेपाली नेपाली फुटबलको विकास र विस्तारमा यामाहा नेपालले विगतदेखि नै महत्वपूर्ण सहयोग गर्दै आएको बताए । नेपाली बजारमा स्पोर्टी स्कुटरको छवि बनाउन सफल यमाहाको रे जेडआर १२५ एफआई यो लिगको लागि ‘पर्फेक्ट फिट’ हुने एमएडब्लु ग्रुप र यामाहा नेपालले अपेक्षा गरेको छ । काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिगका सात टिममध्येको एक हो । यामाहा नेपालको स्वामित्व रहेको यो क्लबको नाम यामाहाको चर्चित स्कुटर रेजेडआर १२५ एफआईबाट आयातित छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया