Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधक्षेत्री नक्कली अन्तःशुल्क स्टिकर कारोबारका नाइके

क्षेत्री नक्कली अन्तःशुल्क स्टिकर कारोबारका नाइके


काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उद्योग राखी मदिरा उत्पादन तथा बिक्री गर्ने क्रिष्टल डिस्टिलरीका मालिक फुलसिंह क्षेत्री नक्कली अन्तःशुल्क स्टिकर कारोबारका नाइके रहेको पुष्टि भएको छ । आन्तरिक राजस्व विभागका अनुसार हरेक पटक नक्कली अन्तःशुल्क स्टिकरको धन्दामा जोडिने क्षेत्री उच्च राजनीतिक संरक्षणका कारण बच्दै आएका थिए ।

तीन महिनाअघि सशस्त्र प्रहरीले भन्सार नाकाबाट नक्कली अन्तःशुल्क स्टिकरसहित दुई जना भरियालाई पक्राउ गरी राजस्व अनुसन्धान विभागलाई बुझाए पनि विभागले अनुसन्धानमा खासै चासो दिएको थिएन तर अनुसन्धान विभागको नेतृत्वमा प्रकाश पौडेल आएपछि उनले अनुसन्धानलाई चासोका साथ अघि बढाएका थिए । पक्राउ परेका ती भरियाले भारतीय नागरिक बाबुराजा कशोधनको नाम लिएपछि प्रहरीले भारतबाट कशोधनलाई पक्राउ गरी नेपाल ल्याएको थियो । भरियाहरुबाट बरामद भएको स्टिकर क्रिस्टल र माउन्ट एभरेस्ट डिस्टिलरीले प्रयोग गर्ने सिरियल नम्बरसँग मिलेपछि दुवै डिस्टिलरीमा विभागले छापा मारेको थियो ।

यसअघि फितलो अनुसन्धान गर्दै आएको विभागको नेतृत्वमा पौडेल पुगेपछि उनले कडाइका साथ अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए । त्यससँगै नक्कली स्टिकरको अर्का कारोबारी ‘भीम’ भनिने कुलप्रसाद पण्डित नाम गरेका व्यक्ति पक्राउ परेसँगै विभागले अनुसन्धानलाई निष्कर्षमा पु-याई क्रिस्टलका सञ्चालक फुलसिंह क्षत्री र प्रदीप क्षत्री, माउन्ट एभरेस्टका सञ्चालक मृगेन्द्र गोविन्द, प्रतिभा श्रेष्ठ, मुख्य कारोबारकर्ता प्रविन्द्र गोविन्द श्रेष्ठ, राजस्व छली कारोबारमा सहयोग गर्ने मोहम्मद सहिद अन्सारी, अमानत अली रुपन्देही बुटवल उपमहानगरपालिका स्थायी ठेगाना भएका राजा कशोधन भनिने विनय कशोधन, सर्लाही लालबन्दीका हरिप्रसाद पौडेल र कुलबहादुर पण्डितलगायत १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ भने विभागले मुख्य अभियुक्तका रूपमा क्रिस्टलका क्षत्रीलाई नै लिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x