Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवैतेश्वर गाउँपालिकाले ग्रामीण सडक कालोपत्रे गर्ने

वैतेश्वर गाउँपालिकाले ग्रामीण सडक कालोपत्रे गर्ने


दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाले यस वर्ष थप तीन किलोमिटर ग्रामीण सडक कालोपत्रे गर्ने भएको छ । गत वर्षहरुमा करिब सात किलोमिटर ग्रामीण सडकमा कालोपत्रे गरेको गाउँपालिकाले यस वर्ष पनि थप तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी थालेको हो ।

गाउँपालिकाले यसअघि प्रदेश सरकारसँगको समपुरक अनुदानमा तीनवटा ग्रामीण सडक बुस्ती–पुतलिकाठ–मैनापोखरी–क्षेत्रपा र गोपी–गैरिमुदी सडकमा कालोपत्रे गर्न सुरु गरेको थियो । गाउँपालिकाले यस वर्ष पनि तीनवटै सडकमा थप कालोपत्रे गर्न टेन्डर आह्वान गरिसकेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । गाउँपालिकाले पाँच वर्षको पहिलो कार्यकालमा दर्जनौँ महत्वपूर्ण विकास निर्माणका योजना पूरा गरेको उनको भनाइ छ ।

गाउँपालिकाले २७ सय किलोमिटर सडक विस्तार गर्नुको साथै तीनवटा सडकको कालोपत्रे सुरु गरेको उनले बताए । तीनवटा सडक थप कालोपत्रे गर्न गाउँपालिकाले करिब पाँच करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले यसअघि बुस्ती–पुतलिकाठ–मिर्गे सडक, गोपि–गैरिमुदी सडक र मैनापोखरी क्षेत्रपा सडकमा दुई–दुई किलोमिटर कालोपत्रे तथा ढलान गरिसकेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x