Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैतेश्वर गाउँपालिकामा सहिद पार्क निर्माण

बैतेश्वर गाउँपालिकामा सहिद पार्क निर्माण


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले सहिद पार्क निर्माण गरेको छ । पालिकाले जनआन्दोलनमा सहिद भएका व्यक्तित्वको सम्झनामा पार्क निर्माण गरेको हो । गाउँपालिकाको पालिकाको केन्द्रसँगै सहिद पार्क निर्माण गरेर सहिदको मूर्ति समेत राखेको छ ।

उक्त पार्कको आइतबार बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विसाल खड्काले उद्घाटन गरेका छन् । कार्यक्रममा मन्त्री खड्काले सहिदहरूको सम्मानमा गाउँपालिकाले पार्क निर्माण गरेर उदाहरणीय कार्य गरेको बताए । यस्तै उनले दोलखाको विकासमा प्रदेश सरकारले महत्वपूर्ण बजेटको व्यवस्थापन गरेर दर्जनौँ योजनाहरू पूरा भएको र बाँकी रहेका विकास निर्माणका काम पनि छिटै पूरा गर्ने बताए । त्यस्तै बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले पर्यटकको आकर्षणको केन्द्रबिन्दुका रूपमा गाउँपालिकाको केन्द्र रहेको पाँडुडाँडालाई स्थापित गर्न सहिद पार्क निर्माण गरेको बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाको पाँच लाख र गत आवमा प्रदेश सरकारको २५ लाख अनुदानमा सहिद पार्क निर्माण भएको हो ।

जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाउने व्यक्तित्वका सालिक राखेर उनीहरूको सम्मान गर्ने बैतेश्वरवासीको चाहन रहेको हुँदा सहिद पार्क निर्माण गरिएको उनले बताए । साथै उनले गाउँपालिकाले थुप्रै विकास निर्माणका काम गरेको दाबी गरे । बैतेश्वर गाउँपालिलाई पर्यटन पूर्वाधारतर्फ विकास गर्न गाउँपालिका केन्द्रदेखि प्रत्येक वडामा दर्जनौँ पर्यटकीय संरचना निर्माणसम्पन्न भएको उनको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x