Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘तेस्रो करियर फेस्ट’ आयोजना

‘तेस्रो करियर फेस्ट’ आयोजना


काठमाडौं । करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले ‘तेस्रो करियर फेस्ट’ को आयोजना गर्ने भएको छ । करियर पोइन्ट एजुकेसनको आयोजनामा आज मंगलबार राष्ट्रिय सभा गृहमा ‘करियर फेस्ट’ कार्यक्रम हुनलागेको हो ।

प्रत्येक वर्ष करियर फेस्ट आयोजना गर्दै आएको करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले यस वर्ष पनि गर्नलागेको जनाएको छ । वार्षिक रुपमा आयोजना हुँदै आएको करियर फेस्ट कार्यक्रमको पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गर्नेछन् । सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको मुख्य उद्देश्य नेपालभित्रै उच्च शिक्षा अध्ययनको संस्कृतिलाई बढावा दिनु रहेको करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक विशाल केसीले जानकारी दिए ।

पछिल्लो समय नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको शिक्षाको विकास भएकाले शिक्षाको लागि नै विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य रहेको केसीले बताए । करियर फेस्ट कार्यक्रमले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कलेज छनोटमा सहयोग पुग्ने विश्वास उनले गरेका छन् ।

कार्यक्रममा २५ भन्दा बढी कलेज र कर्पाेरेट हाउसले आफ्नो सुविधाहरुबारे जानकारी गराउनेछन् । जसले विद्यार्थीहरूलाई पाठ्यक्रमबारे जान्न र बुझ्न मद्दत गर्नेछ । साथै, तुलनात्मक रूपमा धेरै कलेजहरु भ्रमण गर्ने समयलाई पनि कम गराउनेछ ।

तेस्रो करियर फेस्टमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, हास्य कलाकार सुबोध गौतम, गायक अल्मोडा राणा उप्रेती र अन्य कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा पाँच हजार विद्यार्थीहरुको उपस्थिति हुने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x