Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविपन्न विद्यार्थीलाई न्यानो सहयोग

विपन्न विद्यार्थीलाई न्यानो सहयोग


दोलखा । जिल्लाबाट रोजगारको सिलसिलामा दक्षिण कोरिया पुगेका दोलखाली युवाहरूको साझा संस्था दोलखाली समाज दक्षिण कोरियाले आयस्रोत निम्न भएका विपन्न जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

समाजले जिल्लाका सातवटा ग्रामीण गाउँबस्तीमा रहेका विद्यालयका दुई सय ८७ जना जेहेन्दार विद्यार्थीलाई ज्याकेट वितरण गरेको हो । दोलखाबाट वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका युवायुवतीबाट संकलित रकमले विपन्न बालबालिकालाई ज्याकेट सहयोग गरेको संस्थाका प्रतिनिधि निर्मल कार्कीले जानकारी दिए । समाजले जिरी नगरपालिकाको कामेश्वर आधारभूत विद्यालयका ३६ जना र देउराली आधारभूत विद्यालयका ४१ जना गरी ७७ जना विद्यार्थीलाई ज्याकेट सहयोग गरेको छ ।

त्यस्तै उत्तरी दुर्गम विगु गाउँपालिकाको शान्ति आदर्श माध्यमिक विद्यालयका ४० जना, कालिञ्चोक गाउँपालिकाको कालिनाग माध्यमिक विद्यालयका ३० जना र तामाकोशी गाउँपालिकाको महेन्द्र माविका ६० जना विद्यार्थीलाई पनि ज्याकेट वितरण गरिएको छ । यसैगरी शैलुङ गाउँपालिकाको जलधारा आधारभूत विद्यालयका ३५ जना र साँगुते माध्यमिक विद्यालय फस्कुका ४५ जना विद्यार्थीलाई ज्याकेट वितरण गर्न लागिएको कार्कीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x