Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलक्ष्मी ग्रुपले मनायो ४८औँ स्थापना दिवस

लक्ष्मी ग्रुपले मनायो ४८औँ स्थापना दिवस


काठमाडौं । सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारमा मिठाइ उत्पादनबाट व्यावसायिक यात्रा सुरु गरेको लक्ष्मी ग्रुपले आफ्नो ४८औँ स्थापना दिवस मनाएको छ । लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । यस ग्रुपले नेपालमा विश्वासिलो, स्थापित र व्यवस्थित कम्पनीको रुपमा सेवा, रोजगारी प्रदान गरिरहेको र ग्राहकहरुको माग पूर्ति गरिरहेको छ ।

लक्ष्मी ग्रुपले ४८ वर्ष पूरा गरिरहँदा डेरी, प्लाष्टिक, अटोमोबाइल्स, इलेक्ट्रोनिक, स्टिललगायतका थुप्रै क्षेत्रमा लगानी गरिरहेको छ । साथै आगामी दिनमा पनि अन्य थुप्रै क्षेत्रमा लगानी गर्ने तयारी गरेको जनाएको छ । सोमबार एलिस रिसेप्सनमा भएको ४८औँ स्थापना दिवसमा लक्ष्मी ग्रुपअन्तर्गतको सम्पूर्ण कम्पनीहरुबाट कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन लक्ष्मी ग्रुपका प्रमुख गणेश बहादुर श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा लक्ष्मी ग्रुपमा पाँचदेखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।

साथै कार्यक्रममा लक्ष्मी ग्रुपले आयोजना गरेको खेलकुद सप्ताहका विजेता खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । ग्रुपले हरेक वर्ष स्थापना दिवसको अवसरमा समाजप्रति उत्तरदायी भएर विभिन्न सामाजिक कार्यहरु पनि गर्ने गरेको छ । कम्पनीले सोमबार नै रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा ६५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

यस्तै लक्ष्मी ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत भद्रकाली मन्दिर सरसफाइ, मानव सेवाआश्रममा खाद्यान्न सामग्री, टोपी र मास्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाइ, गिफ्ट, मास्क र स्टेसनरी समान वितरण गरेको थियो । सो कार्यक्रममा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकले ‘लक्ष्मी एकेडेमी’को पनि उद्घाटन गरेका थिए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x