Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकेन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो

केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो


काठमाडौँ । मोरङ व्यापार संघमा आबद्ध व्यवसायीहरुले सरकार र राष्ट्र बैंकको नीतिले उद्योगी तथा व्यवसायी मारमा परेको गुनासो गरेका छन् । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा नगद प्रवाहमा समस्या भई व्यापार संकटमा परेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।

बैंकले पैसा छैन भन्दै एलसी नखोल्ने, पास भइसकेको कर्जा नदिने र पुरानो कर्जाको ब्याजदर बढाएर भुक्तानीको लागि ताकेता लगाउँदा व्यापारीहरु हतोत्साहित भएको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले बैंकहरुले राष्ट्र बैंकको कारबाहीलाई देखाएर कर्जाको ब्याजदर बढाइरहेको बताए ।

साथै सावाँ ब्याज भुक्तानीको लागि ताकेता लगाइरहेको उनको भनाइ छ । सरकार र राष्ट्र बैंकको नीतिले व्यापार व्यवसाय चौपट रहेको उनको आरोप छ । ‘बैंकले पैसा तिरेन भने राखेको धितो लिलामीको प्रक्रिया अघि बढाइहाल्छन्’, उनले भने । राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरी सीडी रेसियो लागू गरेपछि बैंकहरुमा तरलता समस्या भित्रिएको हुँदा सो नीतिलाई संशोधन तथा परिमार्जन गरी कार्यान्वयन गराइनुपर्ने उनको माग छ ।

बैंकहरुलाई २०७९ असार मसान्तसम्म ९० प्रतिशत सीडी रेसियो कायम गरिसक्न निर्देशन भएकाले बैंकहरुले कर्जा रोकेको हुँदा यसलाई क्रमिक रुपमा तीन वर्षभित्र लागू गर्नुपर्ने र यस्तो रेसियो गणनामा बैंकलाई पुँजी जोड्न नदिए पनि रिजर्भ जोड्न दिनुपर्ने मुन्दडाको भनाइ छ । तरलता संकट भएको समय ल्याइएको सीडी रेसियोकै कारणले व्यापारीहरुले बैंकबाट फाइनान्सियल सपोर्ट पाउन नसकेको अवस्थामा राष्ट्र बैंकले पछिल्लोपटक आयातमा गरेको नियमनले व्यापार बन्द नै हुने उनको भनाइ छ ।

‘तरलता संकट भयो भनेर आयात रोक्न शतप्रतिशत मार्जिन राख्नुपर्ने निर्देशन दिइएको छ, यो नीतिले व्यापार नै ठप्प बनाउने भयो । समस्या हुने थाहा हुँदाहुँदै पहिले सुपारी, ल्वाङ, मरिचको आयात किन खुल्ला गर्नु ? पैसा हुनेले मात्रै व्यापार व्यवसाय गर्नसक्ने र उत्पादन र रोजगारी कटौती गर्ने नीति राष्ट्र बैंकले अहिले लिएको छ’, उनले भने ।

अहिले एकै पटक आयातमा कडाइ गर्दा सबैभन्दा उद्योगी, व्यवसायी समस्यामा परेको उनको भनाइ छ । राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई मारमा पारेर बैंकलाई मात्रै नाफा कमाउने नीति लिएको उनको आरोप छ । व्यवसायीहरुका अनुसार अक्षम बैंकहरुले प्रतिस्पर्धा गरी नाफा बढाउन ब्याजदर बढाउँदै निक्षेप बटुलेर जति भन्यो त्यति कर्जा दिए, अहिले तिनै बैंकले गर्दा तरलता संकट भएको हो । ठूला सक्षम बैंकले ब्याजदर वा कर्जा दिन अस्वस्थ प्रतिस्पर्धा गरेका छैनन् ।

राष्ट्र बैंकले नियमविपरीत काम गर्ने कमजोर बैंकलाई कारबाही गर्ने र अन्य बैंकमा मर्जर गराउने गर्नुपर्छ र छ प्रतिशत निक्षेपको र नौ प्रतिशत कर्जाको ब्याजदर कायम गर्न सक्नुपर्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x