Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजहिल्यै पानीको अभाव

जहिल्यै पानीको अभाव


दिपायल, फागुन २७
नजिकै सेती नदीको बगर बगरको माथिल्लो डाँडोमा नेपाल क्षेत्रीय प्रहरी निर्देशनालय जहाँ सुदूरपश्चिम प्रदेशको आस्था अनि केन्द्रविन्दु त्यहीँ पानीको चरम अभाव । चैत, वैशाख, जेठमा झन् पानीको विकराल समस्या । असारमा जति पानी पर्थ्यो । अनि प्रदूषित पानी पिउनुपर्ने भनेर हाम्रो चिन्ता उति नै थपिन्थ्यो । ४/५ महिना पानीको अभावको सामना गर्नुपर्ने गरेको नेपाल प्रहरी क्षेत्रीय निर्देशनालय, दिपायलका एक जना प्रहरी जवानको भनाइ हो यो ।

समुद्री सतहबाट करिब २ हजार पाँच सय मिटर उचाइमा रहेको नेपाल प्रहरी क्षेत्रीय निर्देशनालय डोटीको उत्तरतर्फ छ । वर्षौँदेखि गर्मी महिना र वर्षायाममा लगातार पानीको चरम समस्या भोग्दै आएको निर्देशनालय ४/५ वटा पानी छान्ने प्रशोधित मेसिन राखेपछि केही महिनायता शुद्ध पानी प्रयोग गर्न पाएका छन् । वर्षौँदेखि पानीको हाहाकार हुने निर्देशनालयमा आएको प्रहरीको नयाँ नेतृत्वले तत्कालको खानेपानी संकट टार्न सेती नदीको पानीलाई पाइपबाट तानेर फिल्टरराइजेसन गरी खाने बनायो ।

‘बेला–बेलामा नेपाल प्रहरी क्षेत्रीय निर्देशनालय दिपायलमा प्रहरीका विभिन्न पदका लागि दरखास्त आह्वान भएको बेला सेती नदीको फोहोर पानी समेत खायौँ’, ती प्रहरीले भने, ‘कति जनाले निर्देशनालयमा रहेको फिल्टराइजेसन पानी खाने गरेका छन् भने केहीले सेती नदीको प्रदूषित खानेपानी पिएर गुजारा चलाएँ । अभाव त सधैँ हुन्थ्यो । यसपालि जस्तो भएको थिएन । क्षेत्रीय निर्देशनालयजस्तै खानेपानीका समस्या दिपालयका वरिपरिको गाउँले पनि भोगेँ ।’

दिपायलमा आर्थिक अवस्था बलियो भएकाले त जारको दैनिक जारको पानी प्रयोग गर्छन् भने नहुनेले प्रदूषित पानी प्रयोग गर्दै आएका छन् । पानीकै समस्या चरम नेपाल आर्मीको क्षेत्रीय कार्यालय रहेको पृतना कार्यालयले समेत भोग्दै आएको छ । पानीको चरम समस्या दिपायलबासीले वर्षौँदेखि भोग्दै आएको नेपाल प्रहरी क्षेत्रीय निर्देशनालयका एसएसपी प्रदिप श्रेष्ठले बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारले नेपाल प्रहरी क्षेत्रीय निर्देशनालयमा शुद्ध पानीका लागि र भौतिक निर्माणका लागि आउने आर्थिक वर्षमा छुट्याउने बताए ।

निर्देशनाल अझै पनि पुरानो भग्नावशेष रहेको दरबारजस्तो छ । पानी परेको बेला चुहिन्छ । खानाको राम्रो व्यवस्था छैन । युवा भविष्य कोरिएको ठाउँ । जहाँ सुरुवात नै यहाँबाट हुन्छ । प्रहरीले यस्तो वातावरणबाट कसरी दक्ष हुन सक्छ । त्यसका लागि खानपिन, बस्ने व्यवस्था, शुद्ध खानेपानीको आवश्यक हुन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x