Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकार्की प्रधानन्यायाधीश

कार्की प्रधानन्यायाधीश


काठमाडौं । शुक्रबार नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोही दिन सर्वोच्च अदालत पुगेर पदबहाली गरेका छन् । कार्कीले शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

संवैधानिक परिषद्ले कार्कीलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न संघीय संसद्समक्ष पठाउने निर्णय गरेको थियो । समितिले कार्कीको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया