Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधटाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेका सबै यात्रुको ‘निधन’

टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेका सबै यात्रुको ‘निधन’


काठमाडौं,अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन्।

उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ।एकजना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतवार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए।

यो साताको सुरुमा पानीमुनि आवाज सुनिएको खबर आएपछि उक्त जहाजमा रहेकाहरू अझै जीवित छन् कि भन्ने आशा जागेको थियो।
उक्त जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुईजना ब्रिटिश-पाकिस्तानी, एक जना ब्रिटिश व्यापारी र एक जना फ्रान्सेली अन्वेषक यात्रारत थिए।

सुरक्षामा उठेका थिए प्रश्न
उक्त पनडुब्बी आइतवारदेखि सम्पर्कविहीन भएको थियो।उत्तरी आन्ध्र महासागरमा डेबको टाइटन पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेटका एक कर्मचारीले सन् २०१८ मै उक्त ‘सबमर्सबल’मा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा खतराबारे चेतावनी दिएको पाइएको छ।

संयुक्त राज्य अमेरिकाको अदालतमा पेस भएका कागजपत्रमा कम्पनीका मरीन अपरेशन निर्देशक डेभिड लाक्रिजले उक्त पनडुब्बीको परीक्षणपछि तयार पारेको प्रतिवेदनमा चिन्ता व्यक्त गरेका थिए भन्ने देखिन्छ।

उक्त प्रतिवेदनमा “गम्भीर सुरक्षा चिन्ता उत्पन्न गराउने धेरै कुराको पहिचान गरिएको” थियो।त्यसमा टाइटन पनडुब्बीको ‘हल’ अर्थात् मुख्यभागको परीक्षण गरिएको तरिकामाथि प्रश्न उठाइएको थियो।

उक्त पनडुब्बी समुद्रमा निकै तल पुग्ने भएकाले लाक्रिजले “टाइटनका यात्रुलाई हुनसक्ने खतराहरू” औँल्याएका थिए।ती दस्तावेजका अनुसार उनको चेतावनीलाई बेवास्ता गरियो। ओशनगेटका सञ्चालकहरूले बैठक बोलाए अनि उनलाई जागिरबाट बर्खास्त गरियो।

कम्पनीले गोप्य जानकारी चुहाएको भन्दै उनलाई मुद्दा हाल्यो। उनले कम्पनीले अनुचित रूपमा आफूलाई बर्खास्त गरेको भन्दै अदालतमा चुनौती दिए।

उक्त मुद्दामा पछि मिलापत्र भयो।तर कस्तो सम्झौतामा त्यो टुङ्गियो भन्ने विवरण थाहा हुन सकेको छैन।बीबीसीले लाक्रिजलाई सम्पर्क गर्ने प्रयास गरे पनि उनले उक्त विषयमा टिप्पणी गर्न चाहेनन्।

पनडुब्बीमा को थिए?
एक सय वर्षभन्दा पहिले डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न धनाढ्य यात्रुसहित त्यो पनडुब्बी पानीमुनि गएको थियो।

पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य दाउद शाहजादा (४८) र उनका छोरा सुलेमान (१९) अनि ब्रिटिश अर्बपति हमिश हार्डिङ (५८) पनि उक्त पनडुब्बीमा थिए।

पहिला फ्रान्सको जनसेनामा काम गरेका पल-अन्री नार्गेओ (७७) पनि टाइटानिकको भग्नावशेष हेर्न सँगै गएका थिए।उनले पहिला टाइटानिकको अन्वेषण गरेका थिए।

टाइटानिकसम्मको यात्रा गराउने ओशनगेट कम्पनीका प्रमुख कार्यकारी स्टक्टन रश (६१) पनि पनडुब्बीमा थिए।सन् १९१२ मा डुबेको टाइटानिकको भग्नावशेष पानीको सतहभन्दा ३,८०० मिटर गहिराइमा छ।

अमेरिकी तटरक्षकहरूका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
(बीबीसी)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया