Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिराष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक


काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले हिजो(बिहिबार) निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि मंसिर २२ गते सूचना प्रकाशन गरिने छ । मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ । राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ । पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गर्ने र सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ ।

पुस २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ । आयोगले उम्मेदवारको मनोनयनका लागि मिति तोकिसकेको छैन । माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने समय आयोगले तोकेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ । उक्त पद रिक्त हुनुभन्दा ३५ दिन अघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया