Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिआजको नेकपा एस सचिवालय बैठकमा महाधिवेशनको मिति तोकिने

आजको नेकपा एस सचिवालय बैठकमा महाधिवेशनको मिति तोकिने


काठमाडौँ । सोमबारदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा मंगलबार पुनः सुरु भएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने सोमबारको बैठकले निर्णय गरेको भए पनि सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक मंंगलबार पुनः बोलाइएको हो ।

पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले मंगलबारको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी दिएका छन् । उनले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा मंगलबारको बैठकमा छलफल भइरहेको बताए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया