Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसंघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन: पूर्वप्रधानमन्त्री खनाल

संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन: पूर्वप्रधानमन्त्री खनाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लामो राजनीतिक सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् । पार्टीको निर्वाचन आयोगद्वारा हिजो(शनिबार) आयोजित विद्युतीय मतदानसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

समाजमा वर्ग सङ्घर्षको उदय भएपछि लोकतन्त्रको उदय भएको भन्दै उनले अहिले हामी गणतन्त्रमा भएको र लोकतन्त्र क्रमिकरुपमा विकास हुँदै जाने तथा लोकतन्त्र वर्गीय विभेदको अन्त्य गर्ने शासन भएको बताए । त्यस्तै, नेता खनालले अद्यावधिक निर्वाचनमार्फत जनप्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्ने अहिलेको व्यवस्था राजनीतिक रुपमा उन्नत प्रणाली भएको बताए ।

सामान्तवादी युगमा केही राजाहरू आएको बताउँदै तत्कालीन समयमा निरङ्कुश वंशले शासन गरेका कारण त्यो समयमा लोकतन्त्र विकास हुन नसकेको बताउँदै उनले भने, ‘दास युगमा आइसकेपछि केही गणराज्यको इतिहास देखिन्छ । नेपालको इतिहासलाई हेर्दा शाक्य र कोलियो गणराज्यमा निर्वाचन हुन्थ्यो । त्यहाँ गणतन्त्र थियो । हाम्रो इतिहास नै गणतन्त्रको इतिहास हो ।’

विश्वका धेरै जसो देशमा पुँजीवादी लोकतन्त्र रहेको बताउँदै उनले यस लोकतन्त्रले पुँजीवादीहरूकै हित गर्ने तथा हामीले अँगालिरहेको निर्वाचन प्रणाली पनि पूँजीवादी पद्धति भएको बताए । साथै, उनले अहिले प्रविधिको विकास तीव्र रुपमा विकास भइरहेकाले निर्वाचन पद्धतिलाई पनि वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए ।

विश्वमा विकास भइरहेका सूचना प्रविधिलाई प्रयोग गरी जीवन शैलीलाई सहज बनाउन सकिने बताउँदै नेता खनालले प्रविधिलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । समाज रुपान्तरणका लागि आर्थिक र समाजिक संरचनामा प्रविधिले प्रभाव पारेको उनको भनाइ थियो ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया