Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेश‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक’ प्रमाणीकरण

‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक’ प्रमाणीकरण


कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक’ प्रमाणीकरण गरेका छन् ।

 प्रतिष्ठान विधेयक यही साउन ८ गते कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको २६औँ बैठकबाट सर्वसम्मतले पारित भएको थियो । प्रदेश प्रमुख परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गरेको हो ।

परियारले प्रमाणीकरण गरेसँगै उक्त विधेयक ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ मा रुपान्तरण भएको छ । ऐन बनेपछि अब राष्ट्रसेवक सबै कर्मचारीको क्षमता अभिवृद्धि एवं वृत्ति विकासका क्षेत्रमा सहयोग पुग्नेछ । प्रशिक्षण प्रतिष्ठान ऐन कार्यान्वयनमा लैजान प्रदेश सरकारलाई बाटो खुला भएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया