Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशकर्णाली प्रदेशका बालबालिका विभिन्न अधिकारबाट वञ्चित

कर्णाली प्रदेशका बालबालिका विभिन्न अधिकारबाट वञ्चित


काठमाडौं । कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ छ। जसमध्ये ४० प्रतिशत बालबालिका छन्। २०७८ सालको जनगणना तथ्यांकअनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका रहेका मध्ये यसमा बालकको संख्या बढी छ। तीन लाख ४५ हजार ४२९ जना बालक छन् भने तीन लाख ३१ हजार ५५६ जना बालिका छन्।

कर्णालीका ४१ हजार बालबालिका बालविवाहको शिकार भएका छन् । बालविवाहका कारण उनीहरू विभिन्न अधिकार प्राप्तिबाट वञ्चित भएको राष्ट्रिय बाल कल्याण परिषदका पूर्वकार्यकारी निर्देशक मिलन धरेलले बताए। २० प्रतिशतभन्दा बढी बालबालिका पारिवारिक, भौगोलिक, अभिभावकको चेतनाको कमी जस्ता विविध कारणले बालश्रम गर्न बाध्य छन् । नेसनल इन्स्टिच्युट अफ कन्टेम्पोरारी स्टडिज (एनआइसिएस) ले निकालेको तथ्यांकअनुसार कर्णाली प्रदेशका २५ हजार ३६३ जना बालबालिका अभिभावकदेखि टाढा बसिरहेका छन् ।

पछिल्लो समय कोभिडका कारण देशमा भएको आर्थिक मन्दीले गर्दा उनीहरू अभिभावकभन्दा बाहिर रहेको परिषदका पूर्वकार्यकारी निर्देशक धरेलले बताए। ९५ हजार ५३४ जना बालबालिका एकल अभिभावकसँग छन्। दुई हजारभन्दा बढी बालबालिका विभिन्न बालगृहमा बस्न बाध्य छन्।

गैरसरकारी संस्था ुप्लान इन्टरनेसनलु का अनुसार ९८ प्रतिशत बालबालिका आफ्नो निर्णयमा विवाह गर्नेहुँदा आफूखुसी हुने बालविवाहका कारण यसलाई रोक्न चुनौती रहेको प्लान इन्टरनेसनलका अम्बिकाप्रसाद तिमिल्सेनाले बताए । कर्णाली प्रदेशमा प्रदेशस्तरीय बालबलिका सम्बन्धी नीति, कानुन, बालअधिकार संरक्षण तथा सम्वर्द्धन सम्बन्धी प्रदेशस्तरीय कार्ययोजना, प्रदेशस्तरीय बाल कोष, प्रदेश बालबालिका खोजतलास सेवा अहिलेसम्म पनि खुलेको छैन ।


क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया