Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसामान्य अंकले आर्लियो सेयर बजार

सामान्य अंकले आर्लियो सेयर बजार

एक अर्ब १९ करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक सामान्य अंकले ओरालो लागेको छ । अघिल्लो दिन दिन झण्डै आठ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार तीन दशमलव ४२ अंकले ओरालो लागेर १८ सय ४७ दशमलव ८१ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गनैं सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २२ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव २१ बिन्दुमा झरेको छ ।

धितोपत्र बजारमा आज दुई सय ९२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४३ हजार चार सय २८ पटकको कारोबारमा ३८ लाख ९६ हजार दुई सय ८ठ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, होटल तथा पर्यटन, जलबिद्युत, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र टे«डिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, सामुहिक लगानी कोष र निर्जीवन बीमा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया