Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारशेयर बजारमा पाँच अंकको सुधार

शेयर बजारमा पाँच अंकको सुधार

तीन अर्ब १२ करोड बढीको कारोबार हुँदा परिसूचक १९६६ विन्दुमा


काठमाडौं । बिहिबार शेयर बजार सुधार आएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार आज पाँच दशमलव ६३ अंकले बढेको हो ।

साताको कारोबार हुने अन्तिम दिन शेयर बजार परिसूचक १९६६ दशमलव २३ विन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै १४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज अधिकांश उप समूहको शेयर मूल्य बढ्दा समग्रमा बजारमा हरियाली छाएको हो । १३ वटा उपसमूह मध्ये दश उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । तीन उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

आज दिनभर तीन सय १३ कम्पनीका ७० लाख ५८ हजार तीन सय ९९ कित्ता शेयर ४९ हजार तीन सय २५ पटक खरिद बिक्री भएका छन् । जसबाट तीन अर्ब १२ करोड १२ लाख ८६ हजार तीन सय ६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि एक दशमलव १९ अंकले बढेर तीन सय ५० दशमलव ६० विन्दुमा पुगेको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया