Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारशेयर बजारमा सामान्य अंकको वृद्धि

शेयर बजारमा सामान्य अंकको वृद्धि


काठमाडौं । साताको चौथो दिन वुधबार शेयर बजार सामान्य अंकले बढेको छ । बुधवार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढेर १८ सय ७५.०७ अंकको विन्दुमा पुगेको छ । यद्यपि, ८ अंकले नेप्से बढ्दा कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँमा झरेको छ ।

आज म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ भने अन्य ९ वटा उपसूचक १ प्रतिशत भन्दा कमले बढेका छन् ।

म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.१० प्रतिशतले , ०.५२ प्रतिशतले र ०.४१ प्रतिशतले घटेको छ । आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सिटिजन्स् म्युचुअल फन्डको मूल्य ७.१४ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया