Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षालर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट एक सय ५० विद्यार्थी दीक्षित

लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट एक सय ५० विद्यार्थी दीक्षित


काठमाडौं । सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट यो वर्ष एक सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबीए, बीबीएम र बिएस्सीमा एक सय ५० जना विद्यार्थी दीक्षित भएका हुन् ।

काठमाडौंमा मङ्गलबार आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सूचना प्रविधिसम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहास १३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनले मलेसियामा फाइभ स्टार ¥याङ्क प्राप्त गर्न पनि सफल भएको छ । सूचना प्रविधिसम्बन्धी सो विश्वविद्यालय मलेसियामा फाइभ स्टार ¥याङ्क प्राप्त गर्ने पहिलो र विश्वका उत्कृष्ट विश्वविद्यालयमध्ये १६औँ स्थानमा पर्न सफल भएको छ ।

लर्डबुद्ध एजुकेसन फाउन्डेसनले नेपालमा पढ्दै कमाउँदै नीतिलाई व्यावहारिक कार्यान्वयन गर्दै लगेको अध्यक्ष जालानले बताए । नेपालमा केही छैन भन्नेहरूका लागि अवसरै अवसरको देश हो भनेर देखाउनुपर्ने बेला आएको अध्यक्ष जालानले उल्लेख गरे । विदेशमा जानका लागि लाखौँ, करोडौँ रुपैयाँ खर्च गर्ने तर त्यही रकम स्वदेशमा लगानी गर्न नसक्नु विडम्बना भएको अध्यक्ष जालानको भनाइ छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीहरूलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । शैक्षिक बेरोजगारीको सङ्ख्या बढ्दै जानु मुलुकका लागि दुर्भाग्य भएको अध्यक्ष मल्लले बताए ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया