Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेविचरा नेपाल प्रहरी !

विचरा नेपाल प्रहरी !


काठमाडौं,पछिल्लो समय नेपाल प्रहरीले आफ्नो कार्य कुशलताको साख गुमाउँदै गएको छ र त्यस्का उच्च तहका अधिकृतहरु एकपछि अर्को काण्डमा फस्दै गएका छन् । सुडान काण्डदेखि अनेकौं भ्रष्टाचारका काण्डहरुमा परेर नेपाल प्रहरीका महानिरीक्षकहरुनै लाइन लागेर जेल गए ।

पछिल्लो समय नेपाल प्रहरीका तल्ला तहका प्रहरीहरुले पनि जहाँ पायो त्यहीं त्यस्तै गर्न थाले,हुँदा हुँदा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा तस्करहरुसँग विमानस्थलमा तस्करहरुसँग मिलेर संगठित रुपमा सुन तस्करी र भिजिट भिसाका नाममा मानव तस्करी गर्न थालेको थाहा हँुँदै गएपछि एयरपोर्ट हेर्न जिम्मा खोसिइको छ ।

त्यहीबाट तस्करको ब्रिफकेश बोकेर पास गराउने विकास राज खनाल बढुवा भएर डीआइजी वनिसकेका छन् । त्यस्ता अरुले पनि फटाफट सफाई पाएका छन् अनि तल्ला तहका प्रहरी पनि त्यस्तै किन नगरुन ? अनि जिम्मेवारी खोसिएपछि राणो रुवाई गरेर के काम ?


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया