Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जाप्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न

प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न


काठमाडौं,नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) कुलमान घिसिङले अवैधरूपमा आर्जन गरेको सम्पत्ति लुकाउन आफ्नो सम्पूर्ण परिवार नै प्रयोग गरेका छन् । उनले आफ्नो अकुत सम्पत्ति लुकाउन परिवार नै प्रयोग गरेको पत्ता लागेपछि उनीहरू सबैको सम्पत्ति र व्यावसायिक कारोबारको परीक्षण गरेर कारबाही अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

घिसिङ पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएपछि अपारदर्शी रूपमा आएको पैसा लगानी गरेर आफ्नो भाइ गणेश घिसिङको नाममा तीन करोडको कम्पनी दर्ता गराएका थिए । कुलमानले प्राधिकरणको आवरणमा सोही कम्पनीबाट अर्बभन्दा बढीको कारोबार गरेको भन्दै अख्तियारमा छानबिनको माग गर्दै उजुरी परेको छ ।

आयोगमा परेको उजुरीमा कुलमालने आफ्नो पदीय हैसियत दुरुपयोग गरेर अकुत सम्पति आर्जन गरेको र सो सम्पत्ति आफ्नो परिवारका सदस्यको नाममा व्यापार व्यवसायमा लगानी गरेको आरोप लागेको छ ।नेपाल विद्युत् प्राधिकरणमा सातौँ तहबाट प्रवेश गरेका कुलमानले चिलिमे जलविद्युत् कम्पनीमा हुँदा समेत बनेपा धुलिखेललगायतका ठाउँहरूमा २५ रोपनीभन्दा बढी जग्गा खरिद गरेको बताइएको छ ।

प्राधिकरणको प्रबन्ध निर्देशक भएपछि आफ्ना भाइहरू गणेश घिसिङ, अनिल घिसिङ सानुकान्छा घिसिङ र सुरेश घिसिङको नाममा २०७४ सालमा तेन्डेल हार्डवेयर प्रालि नामक कम्पनी तीन करोडको लगानीमा स्थापना गरेको र सो कम्पनीले १७ वटा बैंकमा गरेर एक अर्बभन्दा माथिको कारोबार गरेको भन्दै उजुरीमा कुनै आयस्रोत नभएका बिहान बेलुका खाना खान समेत समस्या रहेको परिवारको अवस्था कुलमान प्राधिकरणको प्रबन्ध निर्देशक हुनासाथ तीन करोडको कम्पनी दर्ता गर्नसक्ने हैसियतको हुनुमा कुलमानले प्राधिकरणको आवरणमा कमाएको अवैध आम्दानी भएको भन्दै छानबिन गर्नुपर्ने उल्लेख छ ।

प्राधिकरणमा कुमाल २०७३ सालमा प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए भने उनले आफ्नो भाइहरूको नाममा २०७४ सालमा सो तेन्डेल हार्डवेयर नामक कम्पनी दर्ता गरेका थिए ।२०७४ सालमा स्थापना भएको कम्पनीले कुलमानको आवरणमा गरेको आम्दानी शंस्कास्पद देखिएपछि २०७४ सालमा नै तत्कालीन प्रधनमन्त्री केपी ओलीका पालामा राजस्वले छापा मारेर काजगात नियन्त्रणमा लिएको थियो । त्यतिबेला उक्त हार्डवेयर करिब तीन महिना बन्द भएको थियो ।

त्यसपछि विभिन्न शक्तिकेन्द्रको दबाबमा क्लिन चिट लिएको सो कम्पनीले काठमाडौंको बौद्ध र सिन्धुपाल्चोकको पाँचखालमा शाखा कार्यालय खोलेर पूर्वतिर बन्दै गरेका सम्पूर्ण हाइड्रोपावरहरूलाई प्राधिकरणको प्रबन्ध निर्देशक आफ्नो दाई कुलमान रहेको बताउँदै हार्डवेयरका सम्पूर्ण सामानहरू यही कम्पनीमार्फत लानै पर्ने बाध्यकारी बनाइँदै आएको उजुरीमा भनेको छ ।

यति मात्र नभएर इक्रा नेपालले २०१२ मा करिब चार अर्ब ४७ करोडबराबरको कम्पनी लामा कन्स्ट्रक्सन प्रालिको नौ लाख ६० हजार कित्ता सेयर अर्थात् १२ दशमलव ५ प्रतिशत तत्कालीन मूल्यअनुसार ५५ करोड ८७ लाख मूल्यको सेयर खरिद गर्दा जम्मा नौ करोड ६० लाख मात्र देखाएर करछली समेत गरेको र सो रकम समेत कुलमानले अवैध तरिकाले कमाएको रकम भएकोले छानबिन गर्नुपर्ने समेत उजुरीमा माग गरिएको छ ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया