Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंका रैथानेलाई सुकुम्बासी हुनबाट कसरी रोक्ने ?

काठमाडौंका रैथानेलाई सुकुम्बासी हुनबाट कसरी रोक्ने ?


६६ वर्षअगाडि काठमाडौं महानगरपालिका वडा नम्बर १८ को ताम्सिपाखामा जन्मिएका आई.एल. (इन्द्रलाल) सिंह तत्कालीन ७५ वटै जिल्ला (हाल ७७ जिल्ला)को ग्रामीण भेगमा चहारेर जनताका शिक्षा, स्वास्थ्य, खानेपानी, विकासका कार्यक्रममा हुने समस्या र ती समस्या समाधानका लागि जनतालाई सहभागी गराउने काममा निरन्तर योगदान गरे । सिंहलाई नेपालका सबै जिल्लाको मात्र होइन विश्वका विभिन्न देशमा बसेर लामो समयसम्म समाजसेवा गरेको कार्यानुभव छ । उनी जुन–जुन ठाउँमा गए सबै ठाउँमा विकासमा जनतालाई सहभागी गराउने जिम्मेवारी निर्वाह गर्न पाए । सहरी तथा ग्रामीण भेगका मानिसका आधारभूत समस्याका बारेमा सूक्ष्म तरिकाले अध्ययन गरेर व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय अनुभवप्राप्त सिंहको नजरमा विश्वकै अव्यवस्थितमध्येको एक सहरको रुपमा रहेको काठमाडौं उपत्यकालाई हेर्ने दृष्टिकोण र गर्नुपर्ने कामका योजना उनकै शब्दमा —

प्रारम्भिक चरणका कुरा
काठमाडौंको ताम्सिपाखामा मेरो जन्म सन् १९५६ मा भएको हो । मेरो अध्ययन ल्याबोरेटरी स्कुलमा भयो । त्रिचन्द्र क्याम्पस घण्टाघरबाट बीएसी र त्रिविबाट एमएसी गरे । सुरुमा राष्ट्रिय सेवा विकासमा काम गरेँ । यसको काम नै जनतालाई विभिन्न काममा सहभागी गराउने र सहयोग दिने थियो । साइन्स विषय अध्ययन गरे पनि समाजसेवामा मेरो काम सुरु भयो । सुरुमा मैले मासिक छ सय ५० रुपैयाँमा काम गरेँ । त्यो पनि साइन्स पढेको कारण एक सय बढी पाएँ । त्यसबाट मैले ५०÷६० जिल्ला भ्रमण गरेँ । त्यसको काम भनेको व्यक्तित्व विकास गर्ने हो । साथै नेपालको ग्रामीण क्षेत्रको प्रत्यक्ष अनुभव गर्ने हो । गाउँमा शिक्षा र शिक्षक दुवैको चरम अभाव थियो । स्कुलमा पढाउने र सानातिना विकास आयोजनामा काम गर्ने गरियो । त्यो मेरो लागि नयाँ अनुभव थियो । कामको सिलसिलामा डेमोग्राफी र राष्ट्रिय सेवा विकासमा बोलावट भयो । मैले राष्ट्रिय सेवा विकासलको कामको निरन्तरतालाई रोजेँ । काठमाडौंको साखु क्षेत्रमा गएँ । विद्यार्थीलाई ट्रेनिङ दिने काम गरियो । मेरो पहिलो अफिसियल भिजिट रुकुम थियो । त्यहाँको विद्यार्थीलाई स्कुल पढ्न पठाउन र विकासका काममा लाग्ने । त्यो काम राम्रैसँग गरियो ।

म किन र कसरी श्रीलंका गएँ ?
नेपालमा राष्ट्रिय सेवा विकासमा काम गरेको छोटो अनुभव थियो । एउटा विदेशी साथीको कारण मैले श्रीलंकामा गएर झण्डै चारवर्ष समाज सेवा गर्न पाएँ । त्यो मेरो लागि सिक्ने महत्वपूर्ण मौका थियो । श्रीलंकामा पनि सर्वोदय श्रमदान संगमय भन्ने संस्थामा काम गरेँ । सर्वउदय अर्थात् सबैलाई श्रमदान गरेर उदय गराउने हो । सामाजिक काम गर्ने हो । समुदाय र जनतालाई विकासको लागि (मुभ) अगाडि बढाउने हो । श्रमदान कसरी गराउने ? मनोवैज्ञानिक रुपमा कसरी समुदायमा काम गर्नुपर्छ भन्ने भावनाको जागृत गराउने काम गरेँ । उनीहरुलाई स्कुल बनाउने काममा पनि प्रेरित गरियो र अन्य विकासमा पनि सक्रिय सहभागी गराइयो । जहाँको विकासमा जनसहभागिता गराइन्छ उनीहरुले विकासमा अपनत्वको अनुभव गर्छन् र विकासका कामहरुप्रति माया बढ्छ । त्यसरी गरिएको विकास संरक्षणका लागि राज्यले अतिरिक्त जनशक्ति र सुरक्षा निकाय परिचालन गर्नु पर्दैन । सबैले आफ्नो विकास हो भनेर संरक्षण गर्छन्, अर्थात् जनता नै विकासका उपभोक्ता मात्र नभई पहरेदार बन्छन् । तसर्थ विकासमा जनसहभागिता चाहिन्छ भन्ने अनभूत गराउन सकियो । विकासका काममा विभिन्न समूह बनाएर सक्रिय गराइयो । उनीहरुलाई सल्लाह दिइयो । शिक्षा, स्वास्थ्य, पोषण, युवा, बालबालिकालाई के गर्ने भनेर सहयोग गर्ने र काम गर्ने भावनाको जागृत गराउन थुप्रै प्रयास भए । शिक्षा, स्वास्थ्य, खानेपानी, ढलको व्यवस्थापन, चियाका मजदुरका समस्या समाधान गर्न धेरै प्रयास गरियो र केही हदसम्म सफलता पनि मिल्यो । करिब चार वर्ष श्रीलंकामा मैले समाजसेवामा बिताएँ ।

नेपालमा सामाजिक काममा प्रवेश
पहिला पनि नेपालमा सामाजिक क्षेत्रमा काम गरेको । त्यसपछि श्रीलंका गएर चार वर्षको बसाइपछि पुनः नेपाल फर्किएँ । नेपाल आएपछि मैले काठमाडौं र ललितपुरको फोहोरमैला व्यवस्थापनमा काम गरेँ । काठमाडौंको फोहोरमैला व्यवस्थापनमा समुदायको सहभागिताविना सकिन्न । समुदायको सहभागिता कसरी गर्ने भनेर मैले प्रेरित गर्ने काम गरेँ । मैले व्यवस्थापनमा राम्रो भूमिका निर्वाह गरिरहेको बेला फेरि युनिसेफबाट काम गर्ने अफर आयो । दुई जिल्ला मात्र हेर्नुभन्दा देशकै लागि केही गर्नुपर्छ भनेर सोच्दै थिएँ, त्यही बेला म श्रीलंकाबाट नेपाल आएर काम गरिरहेको छु भन्ने जानकारी केही साथीहरुलाई भएछ । उनीहरुले पनि मलाई दुई जिल्लामा मात्र किन केन्द्रित हुने ? भनेर युनिसेफमा आएर काम गरेर देशकै लागि केही गर्नुपर्छ भने । त्यसपछि म सन् १९८४ तिर युनिसेफमा ‘ज्वाइन’ भएँ ।

 

अहिले सुकुम्वासी भन्नासाथ बाहिरबाट आएर बसेका भन्ने छ । अब यहाँका रैथानेलाई स्वरोजगार दिने गरी कार्यक्रम सञ्चालन नगर्ने हो भने उनीहरुलाई सुकुम्बासी बन्नबाट रोक्नै सकिँदैन । एक टुक्रा जग्गा छ तर परिवारको संख्या ठूलो छ । रोजगारी छैन अनि काठमाडौंका रैथानेले कसरी एक टुक्रा जग्गा खरिद गरेर घर बनाउने ? अनि त्यो परिवारलाई सुकुम्बासी बन्नबाट रोक्न सकिन्छ त ? यो समस्या अब तत्काल देखिनेवाला छ । यसमा राजनीति गर्नेहरुले सोच्नुपर्दैन ? नागरिकप्रति जिम्मेवार हुनुपर्दैन ? अझ स्थानीय तहको जिम्मा लिने राजनीतिक दलहरुका नेताहरुले सधैँ गफ मात्र गर्ने कि काम पनि गर्ने ? स्थानीयप्रति उत्तरदायी हुनुपर्दैन ? अब यसमा हामी चुक्नुहुन्न ।

युनिसेफमा बाल अधिकार र मातृत्व सुरक्षाको काम गर्दा नेपालीको स्वास्थ्य र शिक्षाको वास्तविक अवस्थाका बारेमा जानकारी हुने नै भयो । मलाई कार्यालयमा बसेर काम गर्न खासै मन पर्दैन्थ्यो । तर, गर्नैैपर्ने थियो । त्यहाँभित्र मलाई फिल्डामा काम गर्ने अवसर मिल्यो । मैले तत्कालीन मध्यमाञ्चलका १९ जिल्लाको फिल्डको काम हेर्ने जिम्मा लिएँ । यो क्षेत्रका १९ जिल्लाको युनिसेफ रिलेटेड सबै प्रोग्राम मैले समन्वय गर्न पाएँ । म सहरमा जन्मिएर हुर्किएको मान्छे गाउँमा जाँदा के पाएँ भने गाउँघरमा स्कुलको ठूलो अभाव, कयौँ गाउँमा स्कुलै थिएन । शिक्षाको दयनीय अवस्था थियो । शिशु मृत्युदर धेरै थियो । त्यसलाई घटाउन ठूलो प्रयास गर्ने अवसर पाएँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी युनिसेफमा २७ वर्ष काम गरेँ । यसले मलाई समाज चिन्ने राम्रो अवसर मिल्यो । समाजलाई कसरी विकासका काममा ‘मुभ’ गराउनुपर्छ भन्ने राम्रो ज्ञान र अनुभव प्राप्त गरेँ । जुन अनुभव प्राप्त गर्नु सामान्य कुरा होइन । जो राजनीतिमा लागेका छन्, आज उनीहरुले जनचाहनाअनुसार काम गर्न नसक्नुमा त्यो अनुभव नहुनु पनि एउटा कारण हो ।
श्रीलंकामा चार वर्ष, पाकिस्तानमा चार वर्ष, इथोपियामा तीन वर्ष, बंगलादेशमा तीन वर्ष काम गरेँ । अरु समयमा नेपालमा गरेँ । कामको सिलसिलामा अमेरिकालगायत विश्वका अति राम्रा देशहरुमा काम र तालिमको अनुभव गरेँ । विश्वका धेरै राम्रा सहरहरुको स्वास्थ्य, शिक्षा, यातायात, बालबालिका, महिलाको अवस्थाको बारेमा अध्ययन गरेँ । त्यो अध्ययनबाट प्राप्त सीप आफ्नै देश खासगरी आफ्नो जन्मभूमि काठमाडौंमा लगाउने प्रयासमा म छु ।

काठमाडौंको विगत र वर्तमान
विश्वका धेरै सहरलाई आधुनिकताले च्यापिसकेपछि पनि सांस्कृतिक रुपमा जोगाउन सकेका छन् । त्यस्ता सहरका राजनीतिक दल र नेताहरुको प्रतिबद्धताको कारण व्यवस्थित भएका हुन् । नेपालमा काठमाडौं उपत्यकामा एउटा खुला संग्राहालय (ओपन म्युजियम) थियो । जुन आज विश्वकै अस्तव्यस्त सहरमध्ये एउटा सहरमा परेको छ । युवा अवस्थामा पुग्दासम्म विष्ष्णुमति नदीमा म आफैँले पौडी खेल्थेँ । मैले हेर्दा र थाहा पाउँदासम्म यही विष्णुमतिको पानी मानिसले पिउथेँ । तर, अहिले काठमाडौं सहर विकराल बनेको छ । नदी आसपासमा मानव निर्मित संरचनाले नदी फोहोर मात्र होइन गहिरिएर गएको छ । तर, यहीका रैथाने राजनीतिक दलका नेता तथा कार्यकर्ताले यसलाई जोगाउने कोसिस नै गरेनन् । राजनीतिक दल र नेतारुको लापरबाहीको कारण यो अवस्थामा पुगेको हो । उनीहरुमा सहर व्यवस्थित गर्ने सोच र प्रतिबद्धता नै छैन । प्रतिबद्धता नभएसम्म यो सहरलाई व्यवस्थित गर्न सकिन्न । पहिला जहाँ जे थियो त्यसलाई फर्काउन त सकिन्न । अब जे–जति छ त्यसलाई व्यवस्थितचाहिँ गर्न सकिन्छ । त्यति गर्न मात्र गर्न सकियो भने पनि काठमाडौंको परम्परागत संस्कृतिलाई केही हदसम्म अझै जोगाउन सकिन्छ । सर्वप्रथमत यहाँको नक्शांकन गर्नुपर्छ ।

प्रविधिमैत्री मात्र नभएर जनमैत्री विकासको खाँचो
जति चौडा सडक बनाए पनि काठमाडौंमा किन जाम हट्न सकेको छैन ? राज्यले धेरै लगानी मात्र गरेन यहाँका रैथानेले जग्गा पनि दिएका छन् । सडक पनि फराकिला भए तर सडकमा जहिल्यै जाम छ । असनमा गाडी लिएर जान सकिने अवस्था छैन । नदी किनाराका सडकहरु पनि जामले अस्तव्यस्त छन् । अरु ठाउँको त कुरै छाडौँ । किन यस्तो भयो त ? यसलाई नै भनिन्छ व्यवस्थापनको कमजोरी । यहाँ राखिएक ट्राफिक लाइट चार/छ महिनाभन्दा बढी चल्दैन । यदि लाइट छ भने दुई/चार जना ट्राफिक प्रहरीले व्यवस्था गर्न सकिन्छ । तर, त्यो लाइट नै राख्न सकिएको छैन । भएका लाइट पनि चाँडै नै बिग्रन्छ/बिगारिन्छ ।
सहरमा पार्किङ छैन । तर, हुनेखानेको घरमा तीन/चारवटा गाडी छन् । सडक व्यवस्थित, पार्किङ लाइटको उपलब्धता, सडकका ठाउँ–ठाउँका अवरोध हटाउने हो भने यहाँ ठूला–ठूला पब्लिक बस चलाउन सकिन्छ । सानो सहरमा साना होइन लामा बस चलाउनुपर्छ । तर, यहाँ साना गाडी खरिद गर्ने प्रतिस्पर्धा छ । लामा र ठूला बस चल्नको लागि व्यवस्थित रुट चाहियो । सरकारले साना बस विस्थापन गरेर ठूला बस ल्याएको हो तर यहाँ व्यवस्थापनमा कमजोरी देखियो । सरकार आफैँ साझा बस चलाएको छ । निजी क्षेत्रलाई पनि ठूला बस ल्याउन प्रेरित गरेको देखिन्छ तर पनि व्यवस्थापन छैन । जब व्यवस्थापन गर्ने क्षमता थुमाउँछ नेतृत्वमा बस्नेले, उसले केही गर्न सक्तैन । भएर पनि व्यवस्थापन गर्न नसक्नु भनेको गाडी चलाउने सीप छैन तर घरमा महँगा गाडी थुपार्नुजस्तै हो । गाडी त सीप नभएको कारण चाहिएको बेला उपयोग गर्न पाएन भने के अर्थ रहन्छ र ती गाडीको ? यस्तै भएको छ काठमाडौंमा । त्यही भएर नेतृत्वमा बस्नेसँग दीर्घकालीन सोच र नेतृत्व गर्ने क्षमता चाहिन्छ । समुदायलाई परिचालन गर्ने क्षमता चाहिन्छ । जबसम्म समुदायलाई परिचालन गर्न सक्ने क्षमता हुन्न तबसम्म त्यो विकास र परिवर्तनले सार्थकता पाउँदैन । विकासलाई प्रविधिमैत्री मात्र होइन जनमैत्री बनाउनुपर्छ । हो त्यसमै यहाँ काठमाडौंका नेताहरु चुकेका छन् ।

 

मैले हेर्दा र थाहा पाउँदासम्म यही विष्णुमतिको पानी मानिसले पिउथेँ । तर, अहिले काठमाडौं सहर विकराल बनेको छ । नदी आसपासमा मानव निर्मित संरचनाले नदी फोहोर मात्र होइन गहिरिएर गएको छ । तर, यहीका रैथाने राजनीतिक दलका नेता तथा कार्यकर्ताले यसलाई जोगाउने कोसिस नै गरेनन् । राजनीतिक दल र नेतारुको लापरबाहीको कारण यो अवस्थामा पुगेको हो । उनीहरुमा सहर व्यवस्थित गर्ने सोच र प्रतिबद्धता नै छैन । प्रतिबद्धता नभएसम्म यो सहरलाई व्यवस्थित गर्न सकिन्न । पहिला जहाँ जे थियो त्यसलाई फर्काउन त सकिन्न । अब जे–जति छ त्यसलाई व्यवस्थितचाहिँ गर्न सकिन्छ ।

 

काठमाडौंमा रेलमार्गको आवश्यकता छैन
काठमाडौंलाई मात्र होइन देशका सबै सात सय ५३ वटै स्थानीय तहलाई संविधान र कानुनले अधिकार दिएको छ । तर, स्थानीय तहले त्यो अधिकार अनुसार काम गर्न पनि चाहेन र गर्न पनि सकेन । स्थानीयलाई परिचालन गर्ने औकात कसैसँग पनि भएन । मैले ३०/३५ वर्ष राजनीति गरेँ भन्ने तर सहर व्यवस्थित गर्ने योजना के छ भन्दा तर्किएर हिँड्नुपर्ने अवस्थाका नेताहरुको बाहुल्यता छ । काठमाडौंजस्तो सहरलाई व्यवस्थित गर्न अब विज्ञ व्यवस्थापकको आवश्यकता छ । विज्ञ, प्रतिबद्ध र क्षमता भएको सबल नेतृत्व चाहियो ।
काठमाडौैंको जाम हटाउन मेट्रो र मोनो रेलको अवधारणा पनि ल्याइयो । केहीले भने यो रेल काठमाडौंमा सम्भव छैन । केहीले के भने, केहीले कसो भने भनेर चर्चा मात्र गरियो । प्रविधि असम्भव छैन, चलाउन सकिन्छ, सम्भव छ । तर, काठमाडौंको जाम हटाउन रेलजस्तो महँगो प्रविधिमा गैहाल्नुपर्दैन । अहिले नै सडक यातायात व्यवस्थित गर्ने हो भने कहिल्यै पनि यहाँ रेल चलाउनु पर्दैन । व्यवस्थापन गर्न लागिएन भने रेल नै चलाए पनि यहाँ त्यही रेल जाममा फस्नेछ । यहाँको सीमित साधन र स्रोत परिचालन गरेर सही व्यवस्थापन गर्ने हो भने ठूला र लामा बस चलाएर जाम कहिल्यै नहुने बनाउन सकिन्छ । तर, व्यवस्थापन चाहियो । त्यसका लागि सोच र प्रतिबद्धता चाहियो अनि जनपरिचालन हुनुप¥यो ।

भित्री सहरको जाम कसरी खोल्ने ?
मुख्य सडक मात्र होइन भित्री सहरका गल्लीहरु अहिले गाडी होइन मानिस हिँड्ने ठाउँ छैन । सडक त चौडा नै छ । नगरपालिकाले व्यवस्थापन गरेन । फुटपाथलाई डन्डा लिएर लखेट्नु व्यवस्थापन होइन । उनीहरुलाई कहाँ पसल राख्ने भन्ने ठाउँ निश्चित गर्नुपर्छ । स्थानीयलाई लिएर सडक अतिक्रमण हटाउन सकिन्छ । अनि सबै ठाउँमा गाडी चलाउन सकिन्छ । अहिले सडक फुटपाथको पससले स्थानीय बिरामी परे भने एम्बुलेन्स आउने अवस्था छैन, दमकल आउने त कुरै छाडौँ । यसमा स्थानीय तहकै कमजोरी हो । व्यवस्थापनमा उनीहरुको शून्य ज्ञान भयो । नेतृत्वमा बस्नेसँग व्यवस्थापनको ज्ञान र त्यो ज्ञानलाई व्यवहारमा नउतारेसम्म कुनै पनि सहर व्यवस्थित बन्न सक्तैन । ज्ञान भएर पनि व्यवहारमा उतार्ने इच्छाशक्ति हुनुप¥यो ।
असन, इन्द्रचोकलगायतका ठाउँमा फुटपाथ भरिएको छ । सडक पसलले सबै बाटो भरिएको छ । व्यवस्थापन भएन । हप्ता उठाउने नाममा सहरलाई अस्तव्यस्त पार्ने काम भयो । हप्ता उठाउने होइन व्यवसायमा लगाउनुप¥यो । फुटपाथ हटाएर व्यवस्थित बजार बनायो भने हरेक सटरबाट कर पनि उठ्छ र सहर पनि व्यवस्थित देखिन्छ । स्थानीयले अहिले आफ्नो ढोकाबाट छिर्नसक्ने अवस्था छैन । व्यवस्थित गर्न सकियो भने सबैको दैनिक जनजीवन सहज बन्छ ।

काठमाडौंका रैथानेलाई सुकुम्बासी हुनबाट कसरी रोक्ने ?
— काठमाडौंका रैथानेहरु अहिले निजामती, जंगीलगायतका कुनै पनि प्रशासनिक निकायको माथिल्लो तहमा छैनन् । भएको खेती पनि बिक्री गरेर कमजोर भएका छन् । उनीहरुले पाँच लाख रुपैयाँमा बिक्री गरेको खेत जग्गा अहिले डेढ÷दुई करोडमा पनि पाइने अवस्था छैन । खेत÷जमिन पनि छैन भने यहाँका रैथाने काम नपाएर बेरोजगार छन् । भएका जमिन बिक्री गरेर एउटा घरमा परिवारसहित गुजारा गरिरहेका छन् । यही अवस्था रह्यो भने रैथानेहरु अब चाँडै सुकुम्बासीमा परिणत हुन लामो समय कुर्नुपर्दैन ।
— यहाँ बाहिरका मानिस अझै भन्दा भारतदेखिका मानिस आएर रोजगारी गरेका छन् । तरकारी, माछा, फलफूल, बिक्री गर्ने मात्र होइन कपाल काट्ने त ९९ दशमलव ९७ प्रतिशतभन्दा बढी त बाहिरकै छन् । कपाल काट्ने पुरानो तरिकाले होइन यसलाई आधुनिक तरिकाले तालिम दिन सकिन्छ । विश्वका मुख्य सहरमा यस्तो पेशाले धेरै आम्दानी गरेको छ । यहाँको पैसा त कापल काट्नेले नै बाहिर लगेका छन् । अनि हामी पैसा कता गयो भनेर खोजी गरिरहेका छौँ । स–साना काममा धेरै पैसा छ तर यहाँको स्थानीय तहले ती कामका लागि आधुनिक तरिकाले तामिल दिएर प्रविधिमा आधारित बनाउन सकेन । तालिम दिएर स्वरोजगार बनाउने हो भने पैसा त यहीँ बस्छ त ! तर, त्यसका लागि नयाँ प्रविधिमा आधारित सैलुन/ब्युटिपार्लर सञ्चालन गर्नुप¥यो । नेपालमा मास्टर डिग्री पास गरेकाहरु आज अमेरिकामा गएर यही ब्युटिपार्लर चलाएर डलर आम्दानी गरिरहेका छन् । तर, काठमाडौंका रैथाने भने बेरोजगार भएर बस्नुपरेको छ । उनीहरुका पेशा तथा व्यवसाय क्रमशः अरुले खोसिरहेको छ । महंगी बढिरहेको छ । अब रैथानेहरुलाई कामको व्यवस्था नगर्ने हो भने उनीहरुलाई यहाँ टिकाउन सकिँदैन । सबै घरबारविहीन हुने अवस्था आउँदै छ ।

 

उद्योग, वनलगायतका केही मन्त्रालयहरु काठमाडौंबाट स्थानान्तरण गर्नुपर्छ । काठमाडौंमा त सम्पर्क कार्यालय मात्र राख्न सकिन्छ । उद्योग र वन तराईमा बढी छ अनि काठमाडौंमा मन्त्रालय किन राख्ने ? यहाँ सम्पर्क कार्यालय राखेर चलाउन सकिन्छ । विश्वका राम्रा कामको यहाँ पनि अनुसरण गर्न सकिन्छ । सबैका सुन्दर पक्षलाई हामीले यहाँ पनि लागू गर्नुपर्छ ।

— प्रेस चलाउने, लेथ मेसिन चलाउनेहरु पनि बाहिरकै बढी छन् । यहाँको व्यवसायबाहिरका मानिसको कब्जा छ । स्थानीय तहले इच्छुकलाई तामिल दिएर काममा लगाउनसकेको भए पहिलाको कृषिबाट भन्दा धेरै आम्दानी गर्न सक्छन् यहाँका स्थानीयले । तर, उनीहरुलाई आर्थिक उपार्जनका लागि प्रेरित गर्ने काम नै यहाँका स्थानीय जनप्रतिनिधिले गरेनन् । प्रत्येक वडा र टोलमा आर्थिक उपार्जनका लागि प्रेरित गर्ने गरी स्थानीयलाई उत्प्रेरणा दिने काम नै भएन । यही अवस्था रहेमा यहाँका रैथानेको अवस्था सोच्नै नसकिने विकराल बन्छ । अब यो संकट आउन नदिन व्यवस्थापनमा चाँडो ध्यान दिनुपर्छ । खासगरी काठमाडौंमा स्थानीय तहमा नेतृत्व गर्नेहरुले त्यसमा ध्यान दिएनन् भने यहाँका मानिसले के खाने ?
— अहिले सुकुम्वासी भन्नासाथ बाहिरबाट आएर बसेका भन्ने छ । अब यहाँका रैथानेलाई स्वरोजगार दिने गरी कार्यक्रम सञ्चालन नगर्ने हो भने उनीहरुलाई सुकुम्बासी बन्नबाट रोक्नै सकिँदैन । एक टुक्रा जग्गा छ तर परिवारको संख्या ठूलो छ । रोजगारी छैन अनि काठमाडौंका रैथानेले कसरी एक टुक्रा जग्गा खरिद गरेर घर बनाउने ? अनि त्यो परिवारलाई सुकुम्बासी बन्नबाट रोक्न सकिन्छ त ? यो समस्या अब तत्काल देखिनेवाला छ । यसमा राजनीति गर्नेहरुले सोच्नुपर्दैन ? नागरिकप्रति जिम्मेवार हुनुपर्दैन ? अझ स्थानीय तहको जिम्मा लिने राजनीतिक दलहरुका नेताहरुले सधैँ गफ मात्र गर्ने कि काम पनि गर्ने ? स्थानीयप्रति उत्तरदायी हुनुपर्दैन ? अब यसमा हामी चुक्नुहुन्न । तत्काल स्थानीयलाई संरक्षणका लागि पहल गर्नुपर्छ ।

पाँचतारे होटलका सेयर होल्डर बनाउनुपर्छ
अरुण, तामाकोशीको जस्तो मेगा प्रोजेक्ट त काठमाडौंमा आउन सक्तैन । तर, यहाँ पाँचतारे र सोही स्तरका दर्जनौँ होटलहरु आइरहेका छन् । काठमाडौंमा बस्नेलाई के फाइदा छ त ? जमिन किनेर होटल बनाए पनि जग्गा त काठमाडौंका बासिन्दाकै हो । तामाकोशी, अरुणजस्ता प्रोजेक्टमा जसरी स्थानीयलाई काम दिएको छ, काठमाडौंका बासिन्दालाई त्यस्ता होटलमा काम र लगानीअनुसार केही निश्चित प्रतिशत सेयरको व्यवस्था गर्नुप¥यो । आईएलओ १९७ अनुसार पनि त्यो अधिकार स्थानीयलाई छ । त्यसको लागि कानुनी व्यवस्था गर्नैपर्छ । त्यसका लागि अहिलेसम्म के पहल ग¥यो त यहाँको स्थानीय तर र नेताहरुले ? यो गर्नुपर्दैन ? यहाँका परम्परागत पेशाहरु नै अरुले कब्जा गरिसके, लेथ मेसिन, प्रेसमा यहाँका बासिन्दालाई नयाँ प्रविधि र आविष्कारप्रति तालिम नै दिइएन । यहाँका बासिन्दालाई एकीकृत गर्ने काम पनि भएको छैन । जसरी बाहिर जिल्लाबाट आएर बसेकाहरु संगठित भएका छन् ।
यहाँको सम्पदा, खाना, पोशाक लोप भएका छन् । यहाँको दाहसंस्कार जाने बाटो र दाहसंस्कार गर्ने ठाउँमा नै अतिक्रमण भएको छ । मलामी जानलाई नै तितरबितर पार्ने काम भएको छ । न यहाँका नेतृत्व लिनेले सम्झाउन सके न त बाहिरबाट आउनेले यहाँका संस्कार र संस्कृतिलाई सम्मान गर्नुपर्छ भनेर सोचे ! यसमा दुवै पक्षको कमजोरी छ । दाहसंस्कार गर्ने ठाउँ वरिपरि घर बनाएर रैथानेहरु दाहसंस्कारका लागि पशुपति जानुपर्ने अवस्था छ । खासगरी यहाँका रैथाने नेवारहरुको दाहसंस्कार पशुपतिमा गर्नै हुँदैन भन्ने छ । तर, अब त्यहाँ नगई सुखै छैन । यसैगरी संस्कार र परम्परामाथि अतिक्रमण हुँदै गएको छ । कहिल्यै पनि यहाँको संस्कृति जोगाउने काममा कसैले नेतृत्व लिन सकेन । सबैको धर्म, संस्कार र संस्कृति जोगाउनुपर्छ । त्यो जोगाउनेभन्दा पनि लोप गराउने काम भयो । एउटाको संस्कार जोगाउन अर्कोको खोस्नुपर्दैन । सबैले सचेत बनाए मात्र पुग्छ ।

 

काठमाडौैंको जाम हटाउन मेट्रो र मोनो रेलको अवधारणा पनि ल्याइयो । केहीले भने यो रेल काठमाडौंमा सम्भव छैन । केहीले के भने, केहीले कसो भने भनेर चर्चा मात्र गरियो । प्रविधि असम्भव छैन, चलाउन सकिन्छ, सम्भव छ । तर, काठमाडौंको जाम हटाउन रेलजस्तो महँगो प्रविधिमा गैहाल्नुपर्दैन । अहिले नै सडक यातायात व्यवस्थित गर्ने हो भने कहिल्यै पनि यहाँ रेल चलाउनु पर्दैन ।

 

सुकुम्बासीलाई कसरी व्यवस्थापन गर्ने ?
अहिले काठमाडौंका खोला किनाराका बस्तीमा मानिसको अव्यस्थित बस्ती छ । सुकुम्बासीको नाममा उनीहरु त्यहाँ बसेका छन् । उनीहरुलाई व्यवस्थित र मानिसले बाँच्न पाउने न्यूनतम अधिकार दिनुपर्दैन ? लखेटेर मात्र हुँदैन उनीहरुलाई व्यवस्थित घर दिनुपर्छ र त्यो घर बिक्री गर्ने अधिकार दिइनुहुन्न ।

मन्त्रालयहरू स्थानान्तरण गर्नुपर्छ
उद्योग, वनलगायतका केही मन्त्रालयहरु काठमाडौंबाट स्थानान्तरण गर्नुपर्छ । काठमाडौंमा त सम्पर्क कार्यालय मात्र राख्न सकिन्छ । उद्योग र वन तराईमा बढी छ अनि काठमाडौंमा मन्त्रालय किन राख्ने ? यहाँ सम्पर्क कार्यालय राखेर चलाउन सकिन्छ । विश्वका राम्रा कामको यहाँ पनि अनुसरण गर्न सकिन्छ । सबैका सुन्दर पक्षलाई हामीले यहाँ पनि लागू गर्नुपर्छ ।

फोहोर व्यवस्थापन
काठमाडौंमा जाम मात्र होइन ढल र फोहोरको व्यवस्थापन एउटा जटिल समस्या छ । प्रत्येक महिना फोहोर फाल्ने ठाउँबाट नयाँ–नयाँ समस्या सिर्जना गराइएको छ । त्यो स्वाभाविक पनि देखिन्छ । फोहोर उपत्यकामा बस्नेले गर्ने अनि त्यसको मार नुवाकोट वा अरु कुनै जिल्लालाई बोकाउँदा माग, आक्रोश बढ्नु स्वाभाविक हो । अहिले नयाँ–नयाँ प्रविधिको विकास भएको छ । ती फोहोर बाहिर लैजानैपर्दैैन । यहाँ नै अत्याधुनिक प्रविधिको प्रयोग गरेर प्रशोधन र त्यसलाई नाश गर्न सकिन्छ । आठ÷दश ठाउँमा त्यस्ता प्रशोधन केन्द्र राखेर फोहोर मैला व्यवस्थापन गर्न सकिन्छ भन्ने मसँग ज्ञान र क्षमता छ । त्यो काम गरेर देखाइदिन सक्छु ।

समाजसेवाबाट राजनीतिमा स्थानान्तरण !
राजनीति भनेको समाज सेवा हो । यो पेशा होइन । यहाँ त पेशा नै राजनीति भनेर उल्लेख गर्ने गरिन्छ । समाजसेवा वा समाजलाई सशक्तीकरण गर्ने व्यक्ति नै राजनीतिमा सक्रिय हुनुपर्छ । उसले समाज परिचालन गर्ने क्षमता राख्छ ।

(समाजसेवी तथा सहरी व्यवस्थापन विज्ञ सिंहसँग आर्थिकदैनिकडटकमका सम्पादक रामप्रसाद पुडासैनीले गरेको वार्तामा आधारित)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया